आज र भाेली देशैभर भिटामिन ए र जुकाकाे औषधी खुवाउने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज कात्तिक २ गते शुक्रवार र भाेली ३ गते शनिवार देशैभर भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाउने भएको छ ।

यसैबीच व्यास नगरपालिका स्थित वडा नं २ काे कार्यालय र अनसन चाैतारीमा भिटामिन ए तथा जुकाकाे औषधि खुवाउने व्यवस्था मिलाइएको छ ।

राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत पाँच वर्ष मुनिका बालबालिकालाई औषधि खुवाउन लागिएको हो ।साथै, १५ महिनासम्म लगाउनुपर्ने कुनै पनि नियमित खोप छुटेको छ भने पाँच वर्ष मुनिका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा छुटेको खोप लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।
थप जानकारीका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले भनेको छ ।
























