थप्रेक दसैं मेलामा दर्शकको बाक्लो उपस्थिति

शुक्लागण्डकी नगरपालिका १ थप्रेकमा भइरहेको ‘थप्रेक दशै मेला २०८१’ मा मानिसहरूकाे भिडभाड बढ्दै गएको छ । विजयदशमीको अवसर पारेर तमु हरियाली क्लवले आयोजना गरेको मेला हेर्न टाढाटाढा बाट मानिसहरू आएपछी यहाँकाे राैनक बढेको छ ।

असोज ३० गतेदेखि कार्तिक ३ गतेसम्म आयोजना भएको मेलामा सांस्कृतिक कार्यक्रम सहित खेलकुद प्रतियोगिता र स्थानीय खानाका परिकारहरुकाे प्रदर्शन सँगै राेटे पिङले यहाँकाे आकर्षण बढाएको छ ।

मेलामा चर्चित गायिका तृष्णा गुरुङ्गकाे ब्याण्ड सहितको प्रस्तुती , बालकाशि गुरुङ्ग सहित रोधि समुहले प्रत्यक्ष दोहोरी मार्फत दिएको मनोरञ्जनले सहभागीहरूलाइ लाेभ्याएकाे सहभागीहरूले बताएका छन् ।
मेलामा खेलकुद तर्फ साविकको वडा स्तरीय भलिबल प्रतियोगिता, स्थानीय ग्रामिण परिबेशको प्रर्बद्धन गर्न दौड प्रतियोगिता तथा अन्य मनोरञ्जनका लागि छेलो फाल्ने, रस्सी तान्ने लगायतका कार्यक्रमहरुलाई समावेश गरिएको छ ।
मेला सहित आयोजक तमु हरियाली क्लवको २१ औँ बार्षिकोत्सव समेत मनाइने छ । दशैका लागि गाउँ आएकाहरुलाई ग्रामिण परिवेशमा रमाउन मेलाले सहयोग पु¥याउने उद्धेश्यका साथ कार्यक्रम आयाेजना गरिएको आयाेजकले जनाएको छ ।
























