विपक्षी दलको बैठकमा रवि लामिछाने पक्राउ पर्ने देखी माधव नेपालकाे पार्टी फुट्ने सम्मको चर्चा

विपक्षी दलको बैठकमा रवि लामिछाने पक्राउ पर्ने देखी माधव नेपालकाे पार्टी फुट्ने सम्मको चर्चा

विपक्षी दलका नेताहरुको बैठक सम्पन्न भएको छ। बैठकमा सरकारमा भएकै दल लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरपनि सहभागी थिए । ठाकुरको पार्टीबाट शरदसिंह भण्डारी श्रममन्त्री रहेका छन् । विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको विपक्षी दलहरूको बैठकमा ठाकुरको उपस्थितिलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

बैठकको रोचक दृश्य भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट बैठकमा सभापति रवि लामिछानेसहित ६ जना नेता सहभागी थिए । लामिछाने पक्राउ पर्ने हल्लाका बीच रास्वपाबाट आधा दर्जन सांसदहरु विपक्षी दलको बैठकमा सहभागी भएका हुन् । बैठक सकिएलगत्तै लामिछाने त्यहीबाट पक्राउ पर्ने पनि हल्ला थियो । त्यही भएर विगतका दिनभन्दा आज मिडियाको उपस्थिति बाक्लो थियो । तर, रवि बैठक सकिएपछि शानले निस्किए ।

बैठकमा सरकारको कामकारबाहीको विषयमा आलोचना भएको थियो । प्राकृतिक विपत्तिको बेलामा सरकारको उपस्थिति नदेखिएको उनीहरुको निश्कर्ष थियो । बैठकमा सहभागी आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकारले सुशासनको नारामात्रै दिएको तर काम गर्न नसकेको निश्कर्ष निकालिएको जानकारी दिए ।

यस्तै, विपत्तिमा परेका जनतालाई राहत, उद्धार तथा पूननिर्माणमा कतैपनि सरकार सफल हुन नसकेको निश्कर्ष निकालेर यही विषयमा विपक्षी दलहरुले संयुक्त रुपमा भेटेरै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने सहमति भएको पनि साहले जानकारी दिए ।

यस्तै, सरकारले अध्यादेश ल्याएर दलहरु विभाजन गर्न लागेको र विपक्षी दलका नेताहरुलाई पक्राउ गर्न खोजेको विषयमा पनि छलफल भएको छ । प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेटेरै सरकारको गलत कामकारबाहीबारे ध्यानाकार्षण गराउने समझदारी भएको साहको भनाई छ ।

प्रतिपक्षी दहरुले नेकपा एकीकृत समाजवादी फुटाउन सरकारले अध्यादेश जारी गरेमा एकजुट भएर प्रतिवाद गर्ने समेत निर्णय गरेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page