थर्पू महायज्ञकाे हिसाबकिताब सार्वजनिक – आम्दानी ५३ लाख , खर्च १९ लाख
२०८१ साउन २७ गतेदेखि भदौ ३ गतेसम्म थर्पुमा भएको महायज्ञकाे हिसाबकिताब सार्वजनिक भएको छ ।
शिद्वेश्वर शिव पार्वती मन्दिर संरक्षण समितिकाे आयाेजनामा भएको महायज्ञमा ५३ लाख ११ हजार , ८ सय रूपया आम्दानी तथा १९ लाख १६ हजार २ रूपया खर्च भएको समितिका काेशाध्यक्ष नारायण वाग्लेले बताए । त्यस्तै ३० बाेरा सिमेन्ट समेत छुट्टै शिर्षकमा रहेको वाग्लेले जानकारी दिए । हामी सँग खर्च कटाएर बाँकी रहेको ३३ लाख ९५ हजार ७ सय ९८ रूपयाँ बचत रहेको र उक्त रकम सुप्रिम सहकारी थर्पूमा राखिएको समितिका सचिव केशबहादुर कुमालले बताए ।
सनिवार बिहान भएको हिसाब सार्वजनिक कार्यक्रममा महायज्ञ संयाेजक चित्रबहादुर शाहीले सबैकाे साथ र सहयोगले महायज्ञ सफल भएको बताए । संयाेजक शाहीले सम्पुर्ण हिसाबकिताबकाे बिल , भरपाइहरू राखिएको भन्दै समितिमा सल्लाह र निर्णय बिना पैसा खर्च नगरिएकोले हिसाब पारदर्शी भएको बताए । हामीले एकल निर्णय गरेका छैनौं , सबै हिसाब सामुहिक गरेका छाैँ भन्दै उनले अब आजबाट जग्गाकाे लागि पहल गर्ने , सम्याउने लगायतका काम अगाडि बढाउने जानकारी दिए ।
कार्यक्रममा म्याग्दे गाउँपालिका वडा नं ४ का अध्यक्ष दिपक कुमार श्रेष्ठले महायज्ञमा सबै क्षेत्रबाट दानबिर हरू उत्साहका साथ सहभागी भएकोले महायज्ञ सफल भएको बताए । म्याग्देकाे धेरै जसाे महत्त्वपूर्ण ठाउँ एवम् स्कुल , मठमन्दीर , अस्पताल जस्ता कुराहरू यही वडामा भएकोले त्यसलाइ सदुपयोग गर्दै उपयोगमा प्रभावकारी ढंगले ल्याउन सबै वडाबासीहरू एकजुट हुनुपर्ने श्रेष्ठको भनाइ थियो । अब उद्धेश्य अनुसार काम अगाडि बढाउन सक्यौं भने दानबिरहरूकाे सपना र आयाेजक एवम् थर्पू बजारबासीकाे चाहना पूरा हुने अध्यक्ष श्रेष्ठको भनाइ छ ।
उक्त अवसरमा मन्दिर संरक्षण समिति अध्यक्ष काशीमाया थापा , थर्पु खानेपानी अध्यक्ष भीमलाल श्रेष्ठ , समाजसेवी तिर्थनारायण मल्ल , हेतमान कायस्थ , दुर्गाबहादुर अधिकारी , आशादेवी गुरूङ , नरसिंह राना लगायतको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा मन्दिर परिसरकाे जग्गा सम्याउनकाे लागि गणेशमान श्रेष्ठको संयाेजकत्वमा निर्माण कार्य उपसमिति गठन गरिएको छ । समितिकाे सदस्यहरूमा नरसिंह राना , भीमलाल श्रेष्ठ , केशबहादुर कुमाल , नरबहादुर राना , ईश्वर परियार र चित्रबहादुर शाही रहेका छन् ।

























