गुणादीमा ट्याक्सी र माेटरसाइकल ठाेक्किँदा ५ जना घाइते
म्याग्दे २ निर्मलबस्ती ट्रि – हाउस नजीकै केही बेर अघि सवारीसाधन दुर्घटना भएको छ । पोखराबाट दमौली तर्फ जाँदै गरेको पल्सर बाईक र दमौलीबाट पोखरा तर्फ जोदै गरेको ट्याक्सी अचानक ठक्कर खाएको स्थानीय कृष्ण रानाभाटले बताए । दुर्घटनामा माेटरसाइकलमा सवार एकजना र ट्याक्सीमा सवार ४ जना सामान्य घाइते भएका छन् ।

घाइतेको दमाैली अस्पतालमा उपचारका लागि ल्याइएको छ । घाइते हुनेमा माेटरसाइकल चालक दमाैलीका सुरेन्द्र खड्का , ट्याक्सीमा सवार डुम्रेका शम्भु कुमार परियार , शुक्लागण्डकीका टाेपबहादुर परियार , पाेखराका मिलन राई रहेका छन् । घाइते सबै डिस्चार्ज भएको बताइएको छ ।

























