तनहुँ जिल्ला अदालत बार इकाईले मनायो ६९ औं स्थापना दिवस !
तनहुँ जिल्ला अदालत बार इकाईले नेपाल बार एसोसिएसनको ६९ औं स्थापना दिवस मनाएको छ ।
२१ डिसेम्बर १९५६ अर्थात बि.स.२०१३ पौष ०७ गते स्थापना भएको नेपाल बार एसोसिएसनको स्थापना दिवसको अवसर पारेर बार बेन्च बिच चियापान कार्यक्रम गरि बार डे मनाइएको हो ।

सो कार्यक्रममा प्रमुख अतिथि तनहुँ जिल्ला अदालत का प्रमुख न्यायाधीश कमलराज बिष्ट र वरिष्ठ अधिवक्ता कमला मोहन वाग्लेले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । तनहुँ बार इकाईका अध्यक्ष अधिवक्ता डम्बर देव हडखलेको अध्यक्षतामा भएको उक्त कार्यक्रमकाे सचिव हरिमान श्रेष्ठले सन्चालन गरेका थिए ।

























