अनलाइन मिडिया माथि अङ्कुश लगाउने मन्त्री गुरूङकाे चेतावनी

अनलाइन मिडिया माथि अङ्कुश लगाउने मन्त्री  गुरूङकाे चेतावनी

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अध्यादेश ल्याएर भएपनि अनलाइन मिडियामाथि अङ्कुश लगाउने चेतावनी दिएका छन् । नेपाल पत्रकार महासङ्घ कास्कीका नवनिर्वाचित पदाधिकारीहरुको सपथ तथा पदभार ग्रहण कार्यक्रममा बाेल्दै उनले धेरै अनलाइन मिडियाहरु अराजक बन्दै गएको बताए । मन्त्री गुरुङले यस्ता प्रकारका मिडियाहरुलाई नियमनभन्दा पनि नियन्त्रण नै गरेर जानुपर्ने टिप्पणी गरे ।

ऐन, कानुन नमान्ने र पत्रकारिताका मान्यताहरुको खिल्ली उडाउने अनलाइन मिडियाहरुलाई अध्यादेश ल्याएर भएपनि नियन्त्रण गरिने उनको चेतावनी छ । अनलाइन मिडियाहरुको प्रभावकारी नियमनका लागि विधेयक बनेको र उक्त विधेयक आगामी हिउँदे अधिवेशनबाट पारित गर्ने तयारी रहेको बताउँदै सरकारका प्रवक्ता समेत रहेका गुरूङले भने, ‘संसद तत्काल बोलाउने अवस्था नभएमा अध्यादेशबाट समेत यो विधेयक ल्याउनुपर्ने देखिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page