माघ १ देखि ३ गतेसम्म जिल्ला स्तरीय इन्टर स्कुल बास्केटबल प्रतियोगिता हुने
माघ १ गतेदेखि ३ गतेसम्म तनहुँकाे दमाैलीमा इन्टर स्कुल बास्केटबल प्रतियोगिता हुने भएको छ । हैरान्स क्लवकाे आयाेजनामा हुने उक्त प्रतियोगितामा भाग लिन जिल्ला भरका बिद्यालयबाट भाग लिन आउन सकिने हैरान्स क्लवका उपाध्यक्ष एवम् बास्केटबल काेच कृष्णकुमार श्रेष्ठ जेकेले बताए ।

प्रतियोगितामा प्रथम , द्धितिय , तृतीय हुने टिमलाई ट्रफी , मेडल र प्रमाणपत्र प्रदान गरिने उपाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
यस भन्दा अगाडि भएको प्रतियोगितामा ११ वटा बिद्यालयबाट भाग लिन आएकाेमा यसपटक त्यो संख्या अझै बढ्ने आयाेजकले जनाएको छ ।

























