राजनीतिक पुर्वाग्रहले प्रेरित भएर रविकाे सांसद पद निलम्बन – रास्वपा नेता बाेहरा
राष्ट्रिय स्वतन्त्र पार्टिका नेता दिपक बाेहराले पार्टी सभापति रवि लामिछाने माथि राजनीतिक पूर्वाग्रहले प्रेरित भएर सांसद निलम्बन गर्न खोजिएको स्पष्ट देखिएकाे बताएका छन् ।

उनलेे सामाजिक सञ्जाल मार्फत त्यसको बिराेध गर्दै अगाडि लेखेका छन् –
रवि लामिछानेको सांसद पद निलम्बन गर्न खोजिएको छ, तर यहाँ दुई वटा गम्भीर समस्या छन्:
सांसद रवि लामिछानेलाई निलम्बन गर्न खोज्दा दुईवटा कानूनको गलत व्याख्या गरियो:
1️⃣ सम्पत्ति शुद्धीकरण ऐन, २०६४ को दफा २७:
यसले “राष्ट्रसेवक” को पद निलम्बन हुने भन्छ। तर ऐनको परिच्छेद २ को परिभाषामा राष्ट्रसेवक को हुन् भनी स्पष्ट खुलाइएको छैन।
तर सांसद राष्ट्रसेवक होइनन्, जनप्रतिनिधि हुन्
विगतमा नेपालका विभिन्न मुद्दाहरूमा न्यायालयले “राष्ट्र सेवक” को परिभाषा कार्यकारीसम्म सीमित रहने भनेर व्याख्या गरेको छ। सांसदहरूको जिम्मेवारी विधायिका सम्बन्धी हुने भएकाले, उनीहरू कार्यकारी भूमिकामा रहेजस्तो व्यवहार गर्न वा “राष्ट्र सेवक” मान्न सकिँदैन।
2️⃣ प्रतिनिधि सभा सञ्चालन नियमावली, २०७९ को दफा २४८(३):
सांसद पद निलम्बन हुन पुर्पक्षका लागि थुनामा बस्नैपर्ने हुन्छ ।
लामिछाने अहिले न्यायिक हिरासतमा मात्र छन्
पुर्पक्ष थुनामा नभएकोले निलम्बन गर्न मिल्दैन
राजनीतिक पूर्वाग्रह देखियो:
कानूनी आधार नै नभइकन निलम्बनको प्रयास
सांसदलाई राष्ट्रसेवक भन्ने गलत व्याख्या
जनताको मतबाट चुनिएको प्रतिनिधिलाई हटाउने खेल ।
निष्कर्ष: कानूनी आधार नै नभएको अवस्थामा राजनीतिक पूर्वाग्रहले प्रेरित भएर सांसद पद निलम्बन गर्न खोजिएको स्पष्ट छ। लोकतन्त्रमा यस्तो मनोमानी स्वीकार्य हुन सक्दैन।

























