अख्तियारबाट आएकाे १ महिनामै माेटरसाइकल चाेर्ने ५ युवा पक्राउ गर्न सफल प्रनानी अधिकारी

अख्तियारबाट आएकाे १ महिनामै माेटरसाइकल चाेर्ने ५ युवा पक्राउ गर्न सफल प्रनानी अधिकारी
Oplus_0

पोखराबाट मोटरसाइकल चोरी गरेर चितवनतिर लैजाँदै गरेका पांच युवा तनहुँमा पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय बन्दीपुरका प्रहरी नायव निरीक्षक ( सइ ) उदयश्वर अधिकारी नेतृत्वको टोलीले चितवनतिर लैजाँदै गरिएका तीन वटा चोरीका मोटरसाइकल सहित पांच जना युवालाई तनहुँको बन्दीपुर गाउँपालिका-२ पौवाबाट पक्राउ गरेको हो।

प्रहरी भित्र निकै अव्वल र उत्कृष्ट अधिकृतकाे पहिचान बनाएका अधिकारीले चेकजाँचका क्रममा आफ्नाे अब्वलता थप प्रमाणित गरे । अख्तियार दुरुपयोग अनुसन्धान आयाेग पाेखरामा दरबन्दी तथा साेही कार्यालयमा लामो समय रहेका अधिकारीले बन्दीपुर आएकाे करिब एक डेढ महिनाको छाेटाे समयमै सफलता हात पार्न सफल भएका हुन् । उनको सफलता केवल उनको लागि मात्रै नभइ सिङ्गो प्रहरी संगठनकै प्रतिष्ठा बढाउने खालको रह्यो । पाैवामा सवारीसाधन चेकजाँच गर्ने क्रममा नम्बर प्लेट नभई चलाई ल्याएको तीन वटा मोटरसाइकल भेटिए पछि सोधखोज गर्दै जाँदा उनीहरु पक्राउ परेका हुन् । पाेखरा देखि डुम्रे आसपास आउँदा सम्म धेरै ठाउँमा चेकजाँच हुने भए पनि अन्य प्रहरीले सुइँको पाउन नसकी भागिरहेकाे अवस्थामा उनिहरू अधिकारी नेतृत्वको प्रहरी टाेलीकाे फेला परेका हुन् । अधिकारीले निकै सुझबुझ पुर्ण तरिकाले उक्त काम गरेको भन्दै प्रहरी भित्र र बाहिर अहिले उनको प्रशंसा भएको छ ।

चेकजाँचका क्रममा पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका-५ कल्याणपुर बस्ने २१ वर्षीय विनायक विश्वकर्मा, सोही ठाउँ बस्ने १८ वर्षीय विश्व पुन मगर, १९ वर्षीय अनिश श्रेष्ठ, भरतपुर महानगरपालिका-१५ फूलबारी बस्ने १८ वर्षीय आयुष बयलकोटी, भरतपुर महानगरपालिका-५ कल्याणपुर बस्ने २० वर्षीय अर्जुन श्रेष्ठ रहेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page