१० कक्षा पढेर छाेडेका विश्व २२ वर्षपछि पुन पढाइमा फर्केर स्नातक गर्दै

१० कक्षा पढेर छाेडेका विश्व २२ वर्षपछि पुन पढाइमा फर्केर स्नातक गर्दै
Oplus_0


तनहुँका एक युवाले पढ्न छाेडेकाे २२ वर्षपछि पुनः पढाइमा फर्केर एसइई गर्दै हाल स्नातक अध्यनरत रहेका छन् । तनहुँकाे व्यास १४ केशवटार घर भइ हाल व्यास ३ देउरालीनगर बस्ने वर्ष ४४ का विश्व बुढा परियारले केशवटार माविमा कक्षा १० सम्म अध्यन गरि छाेडेका थिए । पारिवारिक अवस्था लगायतको कारणले पढ्न छाेडेका परियारले पछिल्लो समय , समय परिस्थिति अनुसार चल्न शिक्षा महत्त्वपूर्ण हुने महसुस गरि पुन पढाइ सुरु गर्ने निधाे गरे ।
जसअनुसार उनी केशवटार माविमा कक्षा ९ मा भर्ना भए । पढाइमा निकै मेहेनत गरेका उनलेे कक्षा १० तथा एसइई सजिलैसँग उर्तिण भए । त्यसपछि विश्व दमाैलीमा रहेको बालमन्दीमा माविमा ११ मा भर्ना भए । सुरुमा उनलाई केही नाैलाे पनि लाग्यो , किनकि साेही स्कुलमा उनका छाेरा छाेरी पनि अध्यन गर्दथे । पछि उनी छाेराछाेरी सँगै स्कुल जान थाले । पढाइलाई उमेरले छेक्दैन भन्ने भनाइ लाई चरितार्थ गर्न विश्व सफल भए । जसअनुसार उनी १२ मा पनि २.९ जिपिए ल्याउन सफल भए । विश्व त्यसपछि आदिकवी भानुभक्त क्याम्पस दमाैलीमा स्नातक अध्यनकाे लागि भर्ना भएका छन् । विश्व भन्छन् मलाई पढ्ने ठुलो इच्छा जागेको छ , त्यसैले स्नातक पनि राम्रोसँग कटाउँछु भन्ने विश्वास लिएको छु ।
विश्व पढाइमा त नमुना बनेर देखिएका छन् नैँ साथै उनी सामाजिक क्षेत्रमा पनि त्यत्तिकै आबद्ध र सक्रिय छन् । उनी आधा दर्जन भन्दा बढी संघसंस्थामा महत्त्वपूर्ण पदमा रहेका छन् ।


कराँतेका राष्ट्रिय प्रशिक्षक समेत रहेका विश्व खासगरी राष्ट्रिय रेफ्री , कराँते महासंघ तनहुँकाे महासचिव , नाैमती बाजा संरक्षण समितिकाे महासचिव , दलित संघ तनहुँकाे सचिव , संयुक्त दलित उत्थान मञ्च तनहुँकाे बरिस्ठ उपाध्यक्ष , सांस्कृतिक संघ तनहुँकाे सहकाेशाध्यक्ष , राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति तनहुँकाे प्रथम उपाध्यक्ष लगायतका संघसंस्थामा उनी आवद्ध छन् । उनी लाेकदाेहाेरी गायक एवम् ६ वटा भाषा बाेल्न सक्ने कलाकारकाे रूपमा समेत चिनिन्छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page