शिक्षक संघ तनहुँका अध्यक्ष भट्टराईले बाँडे भिमादका १ सय ७५ जना बिद्यार्थीलाई न्यानो कपडा !

शिक्षक संघ तनहुँका अध्यक्ष भट्टराईले बाँडे भिमादका १ सय ७५ जना बिद्यार्थीलाई न्यानो कपडा !
Oplus_0

नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष रमेश बाबु भट्टराईले ठुलो मात्रामा बिद्यार्थीहरूलाइ न्यानो कपडा वितरण गरेका छन् । यस अघि पनि पटकपटक विभिन्न बिद्यालयमा लाखौं मुल्य बराबरको न्यानो लुगा तथा स्टेसनरी सामाग्री वितरण गर्दै आएका भट्टराईले यसपटक भिमाद नगरपालिका वार्ड नं ६ स्थित जनज्योति आधारभूत विद्यालयका १७५ जना विद्यार्थीहरूलाई न्यानो कपडा ट्र्याकसुट वितरण गरेका हुन् ।
विद्यालयको ३५औ वार्षिक उत्सवका अवसरमा भट्टराईले न्यानो कपडा वितरण गरेको विद्यालयले जनाएको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन आलेको अध्यक्षतामा तथा नेपाली कांग्रेस तनहुँका सभापति एवं गण्डकी प्रदेश सभासद तथा गण्डकी प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री जित प्रकाश आलेको प्रमुख आतित्यथामा भएको
सहयोग कार्यक्रममा नेपाल शिक्षक संघ भिमाद का अध्यक्ष केदारनाथ सिग्देल , नारायण पाेख्रेल लगायतको उपस्थिति रहेको थियो । भट्टराईले बिद्यार्थीहरूलाइ न्यानो कपडा वितरण गरेर उत्कृष्ट काम गरेको भन्दै बिद्यालय परिवारले धन्यवाद दिएको छ ।
यता भट्टराईले सामाजिक उत्तरदायित्वकाे भावनाले बिद्यार्थीहरूलाइ सहयोग गरेको बताएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page