पाैष १८ गतेसम्म म्याग्दे , भिमाद , रिसिङ , घिरिङ क्षेत्रमा दैनिक ७ घण्टा लाइन जाने
पुस ११ गते बिहीबार देखि १८ गते बिहीबार सम्म तनहुँकाे विभिन्न पालिका क्षेत्रमा बिद्धुत सेवा अवरुद्ध हुने भएको छ ।
जिल्लाकाे भिमाद नगरपालिका , म्याग्दे गाउँपालिका , रिसिङ गाउँपालिका , घिरिङ गापा र बुलिङटार क्षेत्रमा बिहान ९ बजेदेखि ४ बजेसम्म दैनिक ७ घण्टा लाइन बन्द हुने नेपाल बिद्धुत प्राधिकरण लेखनाथ वितरण केन्द्रले जनाएको छ ।

म्याग्दे ५ काे दाेभान देखि भिमाद ६ काे लखनचाेक सम्मको बिद्धुत लाइन संरचनाहरूकाे स्तराेन्नती कार्यकाे लागि त्यस क्षेत्रमा बिद्धुत लाइन सप्लाइ बन्द हुने केन्द्रले सुचना निकालेर जानकारी गराएको हाे ।

























