बन्दीपुरका प्रहरी निरीक्षक केसीको उत्कृष्ट काम ! चाेरीका माेटरसाइकल समाउने देखि शान्तिसुरक्षा कायम गर्नेसम्म !

बन्दीपुरका प्रहरी निरीक्षक केसीको उत्कृष्ट काम ! चाेरीका माेटरसाइकल समाउने देखि शान्तिसुरक्षा कायम गर्नेसम्म !
Oplus_0

इलाका प्रहरी कार्यालय बन्दीपुरका इन्स्पेक्टर सन्तोष केसी एकपछि अर्को उत्कृष्ट काम गरि आँफुलाइ अव्वल प्रहरी अधिकृतकाे रूपमा परिभाषित गर्न सफल भएका छन् । उनको काम गराइले राष्ट्रले सुम्पेको जिम्मेवारी पुरा गर्न प्रहरी संगठन काविल रहेको प्रमाणित गराएको छ । बन्दीपुर इन्चार्जकाे कमान्ड सम्हालेकाे करिब ५ महिनामा उनलेे चालेकाे स्टिङ अप्रेसनले उनको अत्याधिक सफलता मात्रै गराएको छैन , प्रहरी संगठनकै गरिमा उकासेको छ ।

सिमित साधनश्रोतका बाबजुद अपराध नियन्त्रण, अनुसन्धान र ट्राफिक व्यवस्थापन एंव समग्र शान्ति सुरक्षा कायम गर्दै जिम्मेवारी पुरा गर्न प्रहरी काविल छ भन्ने शन्देश समेत उनको कमाण्डले देखाएको छ ।
इन्स्पेक्टर केसीले समाजमा शान्ति सुरक्षा बहालीका लागि बदलिदो सामाजिक चरित्रलाई सुक्ष्म रुपमा विश्लेषण गर्दै प्रभावकारी काम गरिरहेको बन्दीपुरबासी बताउँछन् । उनको यही प्रयासले हजारौंको उपस्थितिमा भएको बन्दीपुर भ्रमण वर्ष सँगै नयाँ वर्षको स्वागत कार्यक्रम शान्तपुर्वक सम्पन्न भएको छ ।

समाजमा बढिरहेका सुरक्षा चुनौतीको सामना गर्दै सबल र सक्षम प्रहरी अधिकृतकाे भुमिका निभाएका उनलेे पछिल्लो समय माेटरसाइकल चाेरी गर्ने ठुलो गिराेहलाइ समाउन सफल भएका छन् ।

कार्यालयबाट दिने सेवा प्रवाह छिटो, छरितो र चुस्त बनाउँदै आम नागरिकलाइ शान्ति सुरक्षाको पूर्णतः प्रत्याभूति दिलाएका केसीले अपराध अनुसन्धान सँगै इमान्दार र निष्ठापूर्वक काम गरिरहेका छन् । यस्तै प्रहरी—नागरिक साझेदारी मार्फत प्रहरीलाई अझ गतिशील बनाउँदै बदँलिदो समाजमा प्रहरीप्रति नागरिकको विश्वास अझ बढाउने तर्फ उनी लागेका छन् । नागरिकसंगको सहकार्य र हातेमालोबाट प्रहरी संगठनले समाजमा प्रभावकारी उपस्थिति देखाउन सक्ने र आफ्नो छवि उज्जवल बनाउन सक्ने भएकाले नागरिकसंगको सुमधुर सम्बन्धलाई अगाडि बढाएको उनी बताउँछन् ।


सरकारी रकम हिनामिना गरि भ्रस्टाचार गरेको , जालसाजी , सार्वजनिक अपराध , लागुऔसध , बहुविवाह , चाेरी लगायतका ९ जना फरार प्रतिवादी पक्राउ गरेर उनलेे कानुनी दायरामा ल्याएका छन् । यस्तै उनलेे हराएका माेवाइल खाेजतलास गरि सम्बन्धित धनीलाई बुझाउने , हराएको १५ वर्षपछि आमा छाेराकाे पारिवारिक पुनर्मिलन गराएको , घर ठेगाना थाहा नभएको एक व्यक्तिलाई उद्भार गरि मानवसेवा आश्रमकाे जिम्मा लगाएको , अवैध रूपमा रहेका गाँजा नस्ट गराएको जस्ता काम गरेका छन् । त्यतिमात्र हाेइन उनलेे केही दिन अगाडि चारवटा चाेरीका माेटरसाइकल र ५ जना मानिस तथा हालै अर्को एउटा माेटरसाइकल समेत समाउन सफल भएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page