चौथो ऋषिङ्ग अल्ट्रा म्यारथन तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताकाे तयारी तिव्र

चौथो ऋषिङ्ग अल्ट्रा म्यारथन तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताकाे तयारी तिव्र

तनहुँको ऋषिङ्ग गाउँपालीकाले चौथो ऋषिङ्ग अल्ट्रा म्यारथन २०८१ तथा ऋषिङ गाउँपालिका राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताकाे तयारी तिव्र पारेको छ ।यहि पुस १९ गते बाट २१ गतेसम्म हुने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताकाे तयारी तिव्रता सँगै तयारी अन्तिम चरणमा पुगेको हाे।

गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले पालिकाको विकास संङ्गै खेलकुदको माध्यमबाट पालिकालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा पनि प्रचारप्रसार गर्ने उद्देश्यले गर्न लागिएको प्रतियोगिताकाे तयारी तिव्र पारिएको बताए ।

यस्ता प्रतियोगिताले पालिका भित्रका खेलाडीहरुको पहिचान तथा खेलको विकासमा टेवा पुग्ने हुनाले कार्यक्रम आयाेजना गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

गाउँपालिकाका उपाध्यक्ष गिनुमाया थापाले पालिकाले राष्ट्रिय स्तरका यस्ता प्रतियोगिता गर्नाले पालिकाको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फैलिने बताईन्।

प्रतियोगितामा विभिन्न खेलहरु संञ्चालन हुने पालिकाका खेलकुद समितिका अध्यक्ष संयोजक दलवहादुर थापाले बताए । थापाका अनुसार उक्त प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री एवं नेपाली कांग्रेस तनहुँका सभापति जित प्रकाश आलेले उद्घाटन गर्ने छन् । कार्यक्रमकाे बारेमा जानकारी दिने उद्धेश्यले केही दिन अगाडि पत्रकार सम्मेलन समेत आयाेजना गरिएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page