बुवा सँगै तीनवटै छोरी शिक्षक

बुवा सँगै तीनवटै छोरी शिक्षक


तेह्रथुम जिल्लामा बुबा सँगै तिनवटै छाेरी शिक्षक पेशामा लागेका छन् । जिल्लाकाे छथर गाउँपालिका वडा न. ६ सुदापमा बुवा गोविन्द बहादुर कटुवाल सहित तीन जना छोरी पनि शिक्षक पेशामा रमाइरहेका हुन् । बुवा शिक्षक भएका कारण बुवाबाटै प्रभावित भएर आफूहरू तीनैजना शिक्षक बनेकाे उनिहरू बताउँछन् ।

जेठी छोरी रचना कटुवाल नेपालीबाट, माइली छोरी लक्ष्मी कटुवाल गणितबाट र कान्छी छोरी इन्दिरा कटुवाल अङ्ग्रेजीबाट स्नातकोत्तर हुन् । शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेर तीनै जना छोरी छथर गाउँपालिका अन्तर्गत रहेका विद्यालयमा स्थायी शिक्षक बनेर शिक्षण गरिरहेका छन् ।

तस्बिर :- सामाजिक सञ्जाल

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page