मानव बेचबिखनको आरोपमा तीन जना पक्राउ

मानव बेचबिखनको आरोपमा तीन जना पक्राउ

मानव बेचबिखन गरेको आरोपमा दाङमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । भारतको कृष्णनगरमा सस्तोमा कपडा पाइने प्रलोभन देखाइ दाङकी २३ बर्षीय एक महिला लगेर बिक्री गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा महिलालाई किन्ने भारत उत्तर प्रदेश जिल्ला बलरामपुर ललिया निवासी ४९ बर्षीय रामनिवास मौर्या, दाङ तुलसीपुर उपमहानगरपालिका–१६ घरभई हाल घोराही उपमहानगरपालिका–१५ डिके पेट्रोलपम्प नजिकै डेरा गरी बस्ने राजेश नेपाली र राधा पाण्डेय रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिएका छन् ।

शाहका अनुसार गएको माघ ४ गते राजेश नेपाली र राधा पाण्डेले भारतीय नागरिक रामनिवास मौर्यासँग महिलालाई ३५ हजार रुपियाँमा बिक्री गरेका थिए । बिक्री गरिएकी महिलाले घरमा आफ्नी आमालाई फोन गरेर आफु बिक्री भएको जानकारी गराएपछि आमाले प्रहरीमा जानकारी गराएकी थिइन ।

प्रहरीले फोन आएको नम्वरलाई पछ्याउँदै भारतीय प्रहरीको सहयोगमा अनुसन्धान गर्दा बिक्री भएकी महिलालाई उद्धारसँगै घट्नामा संलग्न भएका तीन जनालाई माघ १६ गते पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक शाहले जानकारी दिएका छन् । उनका अनुसार पक्राउ परेका अभियुक्तहरुलाई मानव बेचविखन तथा ओसारपसार कसुरमा मुद्धा दर्ता गरेर अनुसन्धान भइरहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page