पेट्रोलकाे मुल्य बढ्यो , डिजेल र मट्टीतेलकाे घट्यो !
नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको छ । निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल तथा मट्टीतेलको मूल्य घटाएको छ । ३ फागुनको मध्यरातबाट लागू हुने गरी निगमनले इन्धनको मूल्य समायोजन गरेको हो ।

निगमका अनुसार पेट्रोलमा १ रुपैयाँ वृद्धि भएको छ भने डिजेल र मट्टितेलको मूल्य ४ रुपैयाँले घटेको छ। भारतबाट नयाँ मूल्यसूची आएपछि निगमले उक्त निर्णय गरेको हो।

























