जन्मदिनमा दमाैली घर भइ अमेरिका बस्ने रमा ले गरिन् गाैसंरक्षण केन्द्र र आश्रमलाई सहयोग

जन्मदिनमा दमाैली घर भइ अमेरिका बस्ने रमा ले गरिन् गाैसंरक्षण केन्द्र र आश्रमलाई सहयोग


व्यास २ दमाैली घर भइ हाल अमेरिका बस्ने रमा जाेशी भट्टराईले जन्मदिनको अवसरमा सामाजिक क्षेत्रमा ठुलो सहयोग गरेकी छन् । जन्मदिनमा गरिने फजुल खर्चलाई राेकेर उनले ३० हजार बराबरको सहयोग गरेकी हुन् । व्यास १० दुम्सी स्थित गाैसंरक्षण केन्द्रका गाइलाइ २५ हजारकाे चाेकर , पिना , नुन , ढुटाे र व्यास ५ मा रहेको दिवाकालिन जेष्ठ नागरिक आश्रमलाई ५ हजारकाे बिस्कुट रमाले सहयोग गरेकी हुन् ।


ती दुबै सहयोगहरू माँ अम्बे अलाैकीक कृषि फर्म सञ्चालक एवं समाजसेवी व्यास २ दमाैली निवासी कल्पना गाैलीकाे माध्यमबाट उपलब्ध भएको हाे ।
गाैसंरक्षण केन्द्रका अध्यक्ष तुलसीराम सापकोटाले सहयोग सामाग्री बुझ्दै सहयोगी रमा जाेशीलाइ धन्यवाद दिएका छन् । यस्तै जेष्ठ नागरिक आश्रमका अध्यक्ष विष्णु गाैतमले पनि सहयोग सामाग्री बुझ्दै सहयोगी मनकी धनी रमालाइ धन्यवाद दिँदै जन्मदिनको शुभकामना व्यक्त गरेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page