नेपाल मगर लेखक संघ तनहुँकाे अध्यक्षमा यमलाल

नेपाल मगर लेखक संघ तनहुँकाे अध्यक्षमा यमलाल

नेपाल मगर लेखक संघ, जिल्ला समन्वय समिति तनहुँकाे दाेस्राे जिल्ला अधिवेशन सनिवार दमौलीमा सम्पन्न भएको छ। अधिवेशनले यमलाल थापाको अध्यक्षतामा नौ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्वत चयन गरेको छ ।
यस्तै समितिको उपाध्यक्षमा कमला देवी थापा, सचिवमा शम्भु लाल थापा, सह-सचिवमा अरूण कुमार थापा, काेषाध्यक्षमा अशाेक राना चयन भएका छन्। यसै गरि सदस्यहरुमा दिलिपा थापा ,अस्मिता थापा, सिमा आले र बबिता थापा रहेका छन ।

यस अघि भएको उद्घाटन कार्यक्रममा बोल्दै नेपाल मगर संघ केन्दीय निर्वाचत समिति संयोजक सिद्धान्त गर्जा मगरले नेपाल चार जात छत्तिस वर्णको साझा फूलवारी रहेकाे भन्दै सबै जातजाति धर्म संस्कार र संस्कृतिको विकामा जोड दिए । नेपाल मगर लेखक संघले देखिने गरी काम गर्नुपर्ने उनकाे थियो । कार्यक्रम नेपाल मगर लेखक संघका अध्यक्ष वादल आलेको सभापतित्वमा सम्पन्न भएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page