आँबुखैरेनीमा घर–घरमा प्रहरी अभियान

आँबुखैरेनीमा घर–घरमा प्रहरी अभियान


इलाका प्रहरी कार्यालय आँबुखैरेनीले घर–घरमा नेपाल प्रहरीको सम्पर्क विवरण, क्यूआर कोड तथा सेवा उपयोग गर्ने तरिका उल्लेख गरिएको स्टिकर टाँस्ने अभियान शुभारम्भ गरेकाे छ । समुदायमा शान्ति सुरक्षा सम्बन्धी अवस्था बुझ्नुका साथै आम सर्वसाधारणसँग प्रत्यक्ष रूपमा सम्पर्क स्थापना गरी प्रहरी प्रतिको धारणा, गुनासो र सुझावहरू संकलन गर्न याे अभियान चलाइएको हाे ।

कार्यक्रममा प्रमुख अतिथि आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान , इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक टेक प्रसाद सुवेदी, वडा नं. ३ का अध्यक्ष दिनेश के.सी., वडा सदस्य मनोज कुमार श्रेष्ठ, स्थानीय बुद्धिजीवी, समुदायका अगुवा तथा सर्वसाधारणको सक्रिय सहभागिता रहेको थियो ।

प्रत्येक घरमा टाँसिने स्टिकरमा उल्लेख गरिएको क्यूआर कोड स्क्यान गरी नागरिकहरूले प्रहरी सेवासँग सजिलै सम्पर्क गर्न सक्नेछन्, साथै आफ्ना गुनासा तथा सुझावहरू समेत सहज रूपमा पठाउन सक्नेछन् ।

समुदाय र प्रहरी बीचको विश्‍वास र सहकार्यको सुदृढीकरणका लागि उजागर गरीएको यो कदमलाई सफल बनाउन सबैको साथ र सहयोगकाे अपेक्षा आँबुखैरेनी प्रहरीले गरेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page