मादी नदिकाे पुलबाट गाडी खस्याे
पृथ्वीराजमार्ग स्थित मादी नदिकाे पुलबाट गाडी खसेको छ । राति १२ बजेतिर पुलकाे बिचभागबाट रेलिङ भाँचेर गाडी तल नदिमा खसेको हाे ।

घटनास्थलमा अहिले नेपाल प्रहरी , नेपाली सेना उद्धारका लागि पुगेका छन् । खसेको गाडी ग २ च ५७६० नम्बरको बलेराे जिप भएको र गाडीमा ५ जना भएको अनुमान गरिएको छ । घाइतेहरूलाइ दमाैली अस्पतालमा ल्याउन लागिएको छ भने मानवीय क्षतिकाे बारेमा एकिन भइसकेको छैन ।

























