भानुमा शिक्षककाे कुटाईबाट पाँच विद्यार्थी घाइते

भानुमा शिक्षककाे कुटाईबाट पाँच विद्यार्थी घाइते

तनहुँको भानु नगरपालिका–२ नारेश्वरटार स्थित सहिद होमराज लोहनी शारदा सदन माध्यामिक विद्यालयमा अध्यनरत पाँच विद्यार्थी शिक्षकको कुटाइबाट घाइते भएका छन् । सहायक प्रधानाध्यापक निराजन भट्टको कुटाईबाट उनिहरू घाइते भएका हुन् । 
शिक्षक भट्टको कुटाईबाट कक्षा ६ मा अध्ययनरत अस्मृति बिकको देब्रे हात मर्किएको छ भने औंला भाँचिएको छ । यातना दिई कुटपिट गर्ने शिक्षकको कारबाहीको माग राख्दै पीडितका अभिभावकले आइतबार विद्यालयमा निवेदन पेश गरेका छन् । 

छोरी  शुक्रबार खाना नखाई  झोक्राएर सुत्न लागेपछि  उनका साथीसँग सोध्दा शिक्षकको कुटाईले घाईते भएको पत्ता लागेको अस्मृतिको आमा राममाया सुनारले बताइन् । शिक्षकको डरले कुटाई खाएको नभनेको र साथीसँग सोधेर पक्ता लगाएको उनले बताइन् ।  कुटाईबाट छोरी सख्त घाइते भएकोले आइतबार विद्यालयमा पुगेर कारबाहीको माग राखेको सुनारले बताइन् । कुटाईबाट हात मर्किएको, औंला भाँचिएको, पिठिउँमा निलडाम रहेको हाल ज्वरो आएको सुनारले बताइन् । साथीसँग किन झगडा गरेको भनेर शिक्षक भट्टले लौरीले पिठिउँ र हातमा हिर्काउनु भएको अस्मृतिले बताइन् । देव्रेहात बेस्सरी दुखेको र औला चलाउन कठिन भएको अस्मृति  बताउछिन् । ‘साथीसँग सामान्य भनाभन भएको थियो सरले एक्कासी बेस्मरी कुट्नु भयो उनलेे भनिन्।’ अस्मृतिका अन्य चार जना साथीहरु सिता बिक, सरस्वती सुनार, रविना सुनार र अस्मिता तामाङलाई पनि चोट लागेको छ । शिक्षक भट्टले भने सामान्य कुटेको र चोट नलागेको बताए । शिक्षक भट्टले भने, ‘झगडा गरेकोले सामान्य सजाएँ दिएको हुँ घाइते हुने गरी कुटेको छैन ।’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविनराज दाहालले अभिभावकले  कुटेर घाइते बनाएको गुनासो गरेकोले सोमबार विद्यालय व्यवस्थापन समितिको बैठक बोलाईएको बताए । दाहालले भने, अभिभावकबाट गुनासो आएको छ हामीले छानबिन गछौं दोषी भए कारबाहीको पक्रिया अघि बढाउँछौ ।  

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page