भानुमा दोस्रो न्यायिक जिल्ला सम्मेलन सम्पन्न

भानुमा दोस्रो न्यायिक जिल्ला सम्मेलन सम्पन्न

तनहुँको भानु नगरपालिकामा दाेस्राे न्यायिक जिल्ला सम्मेलन सम्पन्न भएको छ । जिल्लाका १० तहमा गठित स्थानीय न्यायिक समितिका पदाधिकारीको सहभागिता र उपस्थितिमा आज भानु नगरपालिका -३ खहरे स्थित एकता तमु समाजको सभाहलमा जिल्ला सम्मेलन सम्पन्न भएको हाे । सबै न्यायिक समितिलाई समान सक्रियता बनाउने उद्देश्यले भानु नगरपालिकाको आयोजनामा उक्त सम्मेलन भएको कार्यक्रममा सहभागी म्याग्दे गाउँपालिकाकी न्यायिक सहजकर्ता दीक्षा ढकालले बताइन् ।
भानु नगरपालिकाकी उपप्रमुख उमा गाेतामेकाे संयाेजकत्वमा भएको कार्यक्रममा सहभागी पालिकाहरुले स्थानीय तहमा गठन गरिएका न्यायिक समितिको प्रभावकारिता र जिम्मेवारी,समस्याहरुका सम्बन्धमा अनुभव एवं धारणा समेत व्यक्त गरेका थिए । कार्यक्रममा तनहुँ जिल्ला अदालतका न्यायाधीश कमलराज बिष्टले उठेका प्रश्नको जवाफ दिएका थिए ।

सम्मेलनमा भानु नगर न्यायीक समितिले ६ बुदे घोषणा पत्र समेत सार्वजनिक गरेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page