सिस्टम नचलेपछी राष्ट्रिय परिचयपत्र बनाउने फर्किए !
जिल्ला प्रशासन कार्यालय तनहुँमा सेवाग्राहीकाे भिडभाड बढेको छ । राष्ट्रिय परिचयपत्रकाे सिस्टम नचलेर सेवाग्राहीकाे काम हुन नसकेपछि सेवाग्राहीहरू दिनभरि सिस्टम चल्ने आसमा कुरेर बसिरहेका छन् । बिहान १ सय ८० वटा टाेकन वितरण गरेको र १० जनाको काम भएपछि सिस्टम बन्द भएको परिचयपत्र शाखाले जनाएको छ ।

यस्तै नागरिकता ,पासपोर्ट बनाउनेकाे संख्या पनि उस्तै बाक्लो रहेको छ । कार्यालयमा एकजना मात्रै प्रशासकीय अधिकृत हुँदा समस्या भएको छ । दुईजना हुनुपर्ने ठाउँमा एकजना मात्रै हुँदा कागजपत्र हेर्न तथा सहि गर्न मुस्किल भइरहेको छ । हाल प्रशासकिय विकाश श्रेष्ठ एकजना मात्रै रहेका छन् । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले दरबन्दी अनुसार कर्मचारी व्यवस्थापन नहुँदा समस्या भएको बताए । एकजना प्रशासकिय अधिकृत श्रेष्ठले अत्यन्तै मेहेनत गरेर खटिएर काम गर्नुभएको छ अधिकारीले भने ।

























