प्रदेश जनस्वास्थ्य कार्यालयले दियो स्वास्थ्य स्वयंसेविकाहरूलाइ पुनर्ताजगी तालिम

प्रदेश जनस्वास्थ्य कार्यालयले दियो स्वास्थ्य स्वयंसेविकाहरूलाइ पुनर्ताजगी तालिम

प्रदेश जनस्वास्थ्य कार्यालय, दमौली, तनहुँको आयोजनामा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुका लागि ४ दिने पुनर्ताजगी तालिम प्रदान गरिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विभुषा थापाको अध्यक्षता र म्याग्दे गापा स्वास्थ्य शाखा प्रमुख तिलक राज घिमिरेको आतिथ्यतामा म्याग्दे गाँउपालिकामा आज बाट तालिमको शुभारम्भ भएको हाे ।

कार्यक्रममा २५ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता रहेको छ। कार्यक्रममा म्याग्दे गाँउपालिकाबाट हे.अ.श्री रेखा भण्डारी, सि.अ.न.मी.नि. श्री पार्वती श्रेष्ठ र प्रदेश जनस्वास्थ्य कार्यालयबाट श्री पुजा कुँवरले सहजीकरण गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page