ब्यास नगरका बिरामी र असहाय व्यक्तिलाई वडा सदस्य भण्डारीले निशुल्क सेवा दिने
तनहुँकाे व्यास नगरपालिका वडा नं ४ का वडासदस्य एवम् युवा नेता सरोज भण्डारीले बिरामी र अशक्त व्यक्तिलाई अस्पतालसम्म पुर्याउन निःशुल्क सेवा दिने घोषणा गरेका छन् । बिगत केहि दिनदेखि गण्डकी प्रदेशमा यातायात व्यावसायीले आफ्नो माग राख्दै सार्वजनिक यातायात बन्द गरेपछि समस्यामा परेका नागरिकलाई अस्पतालसम्मको लागि युवा नेता भण्डारीले निजी सवारीसाधनकाे सेवा दिने बताएका हुन् । व्यास नगरपालिका भित्रका नागरिकलाई आपतकालिन अवस्था आइपरेमा सिधै आफुलाई सम्पर्क राख्न समेत उनलेे अनुरोध गरेका छन् ।

यातायात व्यवसायीको आन्दोलनले शुक्रबार बिहानैदेखि लामो तथा छोटो दूरीका बस, ट्याक्सी, सार्वजनिक ढुवानी सेवा ठप्प भएको अवस्थामा वडा सदस्य भण्डारीकाे यस्तो घाेषणा भएको हाे । उनलेे
मोबाइल नम्बर ९८१९१५४९३७ मा फोन गरी सेवा लिन सकिने समेत बताएका छन् । व्यवसायीको मागलाई बार्ताका माध्यमबाट समाधान गर्नका लागि समेत वडासदस्य भण्डारीले प्रदेश सरकारलाई आग्रह गरेका छन् । सदस्य भण्डारीले काेभिडका बेला पनि सामाजिक उत्तरदायित्वकाे भावना अन्तर्गत खाद्यान्न तथा सवारीसाधन बाट अफ्ट्यारोमा परेका मानिसहरूलाइ सहयोग गरेका थिए ।

























