नेपाल रेडक्रस सोसाइटी भगवतीपुर उपशाखाको सभापतिमा पुनः कार्की

नेपाल रेडक्रस सोसाइटी भगवतीपुर उपशाखाको सभापतिमा पुनः कार्की

नेपाल रेडक्रस सोसाइटी भगवतीपुर उपशाखाको चौँथो साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशनले उपशाखाको सभापतिमा पुनः मिन बहादुर कार्कीलाई सर्वसम्मत चयन गरेको छ । समितिकाे महिला उपसभापतिमा सुना गुरुङ,सचिव पदमा मान वहादुर थापा , कोषाध्यक्षमा होमबहादुर थापा,सहसचिवमा गोविन्द श्रेष्ठ र सहकोषाध्यक्षमा उत्तम थापा चयन भएका छन् ।
त्यसैगरी सदस्य पदमा यामबहादुर थापा, प्रेमबहादुर थापा, आजन्ति माया थापा , लोहविर थापा र विमन आले चयन भएका छन् भने सल्लाहकारमा नारायण प्रसाद श्रेष्ठ चयन भएका छन् । 


नेपाल रेडक्रस सोसाइटी तनहुँका मन्त्री सुर्यचन्द्र हड्खलेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । निर्वाचन संयोजक एवं नेपाल रेडक्रस सोसाइटी जिल्ला सदस्य विमल गिरी,सुमन थापा,नेपाली काँग्रेस घिरिङका सभापति याम बहादुर थापा , नेपाल शिक्षक शिक्षक संघ घिरिङका अध्यक्ष नारायण प्रसाद श्रेष्ठका साथै भगवतीपुर उपशाखाका पदाधिकारी,आजिवन सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page