म्याग्दे गाउँपालिकामा संस्कृतिकाे संरक्षणका लागि पन्चेवाजा तालिम सञ्चालन

म्याग्दे गाउँपालिकाले कला सस्कृतिकाे संरक्षणका लागि पन्चेवाजा वजाउने सिपमुलक तालिम संचालन गरेकाे छ । सीप नभएर विराेजगार रहेका महिला- पुरूषलाई सीप मार्फत आत्मनिर्भर वनाउन सिपमुलक तालिम संचालन गरिएको हाे ।
गरिवि निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) अन्र्तर्गत वडा नं ६ मा १९ जना महिला पुरूषलाई पन्चेवाजा वजाउने तालिम संचालनमा ल्याइएकाे हाे ।

म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कला सस्कृतिकाे सरक्षणका लागि पन्चेवाजा तालिम निकै प्रभावकारि हुने बताए। तालिम पश्चात माग र चाहना अनुसार अम्दानि हुने अध्यक्ष श्रेष्ठको भनाइ थियोे ।
कार्यक्रममा म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले सिकेको सिपलाई प्रयोग गर्दा कला सस्कृतिकाे जगेर्ना सँगै आम्दानि गरि आत्मनिर्भर र स्वावलम्वी बन्ने धारणा व्यक्त गरे ।
सिकेको सिपलाई व्यवसायमा परिणत गरि आत्मनिर्भरताका साथ अगाडि वढ्दा मनग्ये आम्दानि गर्ने म्याग्दे गाउँपालिका वडा न ६ का अध्यक्ष हिरालाल गुरूङले बताए । वडाले कला सस्कृतिकाे संरक्षण र सम्वद्वनका लागि लक्ष्यित समुदायका लागि कार्यक्रम गरेकाे दावि अध्यक्ष गुरूङकाे छ ।
म्याग्दे गाउँपालिकाका प्रमुुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले स्थानिय समुदायलाई आत्मनिर्भर बनाउन सिपमुलक तालिम कार्यक्रम संचालन गरेको बताए । रोजगारी नपाई सिप सिकेर आम्दानि गर्न स्थानिय युवा तथा युवतिहरुवाट माग भएपछि तालिम कार्यक्रम संचालन गरिएको धारणा अधिकारीकाे छ । नेपाल पत्रकार महासघका अध्यक्ष डिपि अधिकारिले लाेपन्मुख सस्कृतिकाे सरक्षणका लागि सचालन भएकाे तालिमवाट सीप सिकेर आत्मनिर्भर वन्नेमा ठुलाे सहयाेग पुग्ने बताए ।
तालिमवाट सिप सिकेर आत्मनिर्भर र स्वावलम्वि बन्नका लागि यतिवेला म्याग्दे गाउँपालिकाका युवा युवतिहरु सक्रिय रुपमा लागि परेका आर्थिक विकाश शाखा प्रमुख प्रदिप न्याैपानेले वताए । गाउँपालिकाले गरिवि निवारणका लागि लघुउद्यम विकास कार्यक्रम मार्फत सिप सिकाए पश्चात उद्यमीवन्ने क्रम बढेको र तालिमवाट सिप सिक्नका लागि सिप नभएका व्यक्तिहरु सक्रियताका साथ लागिरहेको न्याैपानेले बताए ।
मेड्पा कार्यक्रमवाट सिप सिकाउन अगाडी उद्यमी वन्न चाहनेका लागि घरधुरी सर्वेक्षण, अभिमुखिकरण र उद्यमशिलता विकाश तालिम संचालन जस्ता कार्यक्रम सम्पन्न भएको आर्थिक विकाश शाखा प्रमुख प्रदिप न्यौपानेले वताउदै आर्थिक वर्ष २०८१।०८२ मा ६८ जनाले तालिम लिईसकेका जानकारी दिए ।
उद्यमशिलता र सिपमुलक तालिम वाट स्वदेशी तथा स्थानिय उत्पादनलाई प्रवद्र्धन गर्ने, स्थानिय तहमा आर्थिक समृद्धि हासिल गर्नुु, स्थानिय स्तरमा उत्पादन र उत्पादकत्व बृद्धि गर्नु, स्थानिय क्षेत्रमा उद्यमशिलता प्रवद्र्धन गरी रोजगारी र आय बृद्धि गर्नु, नबप्रवद्र्धनलाई अवलम्वन गरी समावेशि र दिगो आर्थिक विकास हाँसिल गर्ने लक्ष्य गाउँपालिकाको रहेको छ । पन्चेवाजा तालिम वडा न ६ काे मनपाङ र अकलामा संचालन भएकाे छ ।

























