चक्काजामकाे विरूद्धमा नेविसंघ र तरूणदलकाे ज्ञापनपत्र

चक्काजामकाे विरूद्धमा नेविसंघ र तरूणदलकाे ज्ञापनपत्र

नियमित यात्राका लागि सवारी नपाउँदा जनजीवन प्रभावित भएको भन्दै नेपाल विद्यार्थी संघ तनहुँ र नेपाल तरुण दल व्यास नगर समितिले संयुक्त रूपमा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी समक्ष ध्यानाकर्षण पत्र बुझाएका छन्।गण्डकी प्रदेश सरकारले लागू गरेको ‘राइड सेयरिङ र सेल्फ ड्राइभ’ सम्बन्धी नियमावलीप्रति असन्तुष्टि जनाउँदै यातायात व्यवसायीहरूले सुरु गरेको सार्वजनिक सवारी साधन बन्द र आन्दोलनका कारण सर्वसाधारण यात्रु र विद्यार्थीहरू मर्कामा परेको भन्दै विद्यार्थीहरुले प्रजिअ समक्ष ध्यानाकर्षण पत्र बुझाएका हुन्।

ध्यानाकर्षण पत्रमा दैनिक विद्यालय, क्याम्पस जाने विद्यार्थीहरू तथा अत्यावश्यक सेवाका लागि आवतजावत गर्नुपर्ने नागरिकहरूलाई परेको समस्याप्रति चिन्ता व्यक्त गरिएको छ। समस्या दीर्घकालीन नबनोस् भनेर वार्ता र संवादमार्फत समाधान खोज्न सरकार र व्यवसायी पक्षलाई आग्रह गरिएको छ।

ध्यानाकर्षण पत्र बुझाउन नेपाल विद्यार्थी संघ तनहुँका अध्यक्ष आशिष कैनी, नेपाल तरुण दल व्यास नगर अध्यक्ष युवराज भण्डारीसहित विद्यार्थी र युवा नेताहरूको उपस्थिति रहेको थियो। उनीहरूले सार्वजनिक यातायात अवरुद्धजस्ता कदमले आम नागरिकको मौलिक हकमा हस्तक्षेप हुने भन्दै प्रशासनले तत्काल पहल गरेर लोकतान्त्रिक माध्यमबाट सहमति निर्माण गर्नुपर्ने माग समेत गरेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page