आँबुखैरेनी गाउँपालिकाद्वारा ७९ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

आँबुखैरेनी गाउँपालिकाद्वारा ७९ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

तनहुँको आँबुखैरेनी गाउँपालिकाले कक्षा ११ र १२ मा अध्ययन गर्ने ७९ जना विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ ।
गाउँपालिकाले गरीब र जेहेन्दार विद्यार्थीहरूका लागि कक्षा ११ र १२ मा अध्ययन गर्ने ७९ जना विद्यार्थीहरूलाई प्रति विद्यार्थी रु. १० हजार का दरले रु. ४ लाख ९० हजार काे छात्रवृत्ति रकम वितरण गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख निर्मला कुँवरले जानकारी दिइन् ।
गाउँपालिका अध्यक्ष शुक्र चुमानको अध्यक्षतामा आयोजित छात्रवृत्ति वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्मा, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कुमारी बैंकका शाखा प्रबन्धक र कर्मचारीहरू, विद्यालयका प्रधानाध्यापक, अभिभावक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

छात्रवृत्ति वितरण कार्यक्रममा गापा अध्यक्ष शुक्र चुमानले शिक्षाले मात्र व्यक्तिको जीवन परिवर्तन गर्न सक्ने बताए । हामीले समाजका गरीब र जेहेन्दार विद्यार्थीहरूको उच्च शिक्षा प्राप्त गर्ने अवसरमा सघाउ पुर्याउने गरि काम गरेको र याे हाम्रो जिम्मेवारी भएको उनलेे बताए । गाउँपालिकाले आगामी दिनहरूमा पनि यस प्रकारका शैक्षिक पहलहरूमा निरन्तरता दिनेछ, जसले विद्यार्थीहरूको भविष्य उज्जवल बनाउने छ।”
उनले थपे, “यो रकम सानो भए पनि, विद्यार्थीहरूको शिक्षामा सकारात्मक प्रभाव पार्न र उनीहरूको आत्मविश्वास बढाउन महत्त्वपूर्ण छ। हामी सबै मिलेर यस्तो सहयोगी वातावरण सिर्जना गर्दै जानु पर्छ जहाँ हरेक विद्यार्थीले आफ्नो क्षमता अनुसार उच्च शिक्षा प्राप्त गर्न सकून्।”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page