देवघाटका कृषकलाई माैरी सहितको घार वितरण

देवघाटका कृषकलाई माैरी सहितको घार वितरण

देवघाट गाउँपालिकाद्वारा सञ्चालित गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम (मेडपा) अन्तर्गत ८० प्रतिशात अनुदान र २० प्रतिशात कृषकहरुको लगानीमा देवघाट २ तालबारी र सिम्लेकका कृषकहरुलाई मौरी सहितको घार वितरण गरिएकाे छ ।

मौरीपालक कृषकहरुलाई आत्मनिर्भर गर्ने र व्यवसायीक रुपमा अगाडी बढाउने उद्देश्यले कृषकलाई माैरिकाे घार वितरण गरिएको देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले बताए । अध्यक्ष थापाले देवघाट २ वडा विशेष गरेर कृषि पकेट क्षेत्र रहेको हुँदा पनि मौरी पालन व्यवसायबाट कृषकले मनग्ये आम्दानी गर्न सकिने बताए ।

सो मौरी सहितको घार देवघाट गाउँपालिकाद्वारा सञ्चालित मेडपाको आर्थिक सहयोगमा यहीँ मिति २०८२ साल जेठ ५ गते देखी ७ गते सम्म सञ्चालन भएको मौरी पालन तालिममा सहभागी वडा नम्बर २ तालबारी र सिम्लेकका २८ जान कृषकहरुलाई मौरी सहितको घार वितरण गरेको गाउँपालिका कार्यक्रम शाखा अधिकृत कृष्णराज पन्तले जानकारी दिऐ ।

सो कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष मिनबहादुर राना,गाउँकार्यपालिका सदस्य हुममाया खान लगायतको उपस्थिति रहेको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page