देवघाट गाउँपालिका अध्यक्ष थापाले गरे बिभिन्न योजनाको अनुगमन

देवघाट गाउँपालिका अध्यक्ष थापाले गरे बिभिन्न योजनाको अनुगमन

देवघाट गाउँपालिकाले वडा नं.२ मा निर्माणाधीन योजनाको अनुगमन गरेको छ । गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगर, वडा नं.२ का अध्यक्ष मीनबहादुर रानामगर, गाउँपालिकाका प्राविधिक अशोक पराजुलीलगायतको टोलीले वडा नं.२ मा भइरहेको विकास निर्माणका कामको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा दरौँखोला बाँध निर्माणको काम सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरले जानकारी दिए । चालू आर्थिक वर्षको १० लाख रुपैयाँ र उपभोक्ताको २० प्रतिशत सहभागीतामा उक्त बाँध निर्माण सम्पन्न भएको उनले बताए ।

यसबाहेक पाँच लाख रूपैया लागतमा निर्माणाधीन अवस्थामा रहेको चिम्नी खोला बाँध, छ लाख ४० हजार रूपैयाँ लागतमा निर्माणाधीन जरमखोला लामो कुलो मर्मतसँगै ढकनसहितको पहिरो नियन्त्रण र पर्खालको काम भने अन्तिम चरणमा पुगेको छ । चालू आर्थिक वर्षभित्र सकिने गरी काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page