विश्व वातावरण दिवसमा लक्ष्मी बैंकले गर्याे म्याग्देमा वृक्षारोपण

विश्व वातावरण दिवसमा लक्ष्मी बैंकले गर्याे म्याग्देमा वृक्षारोपण

विश्व वातावरण दिवसको अवसरमा तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं ४ स्थित फुलबारीमा वृक्षारोपण गरिएको छ । लक्ष्मी सनराइज बैंक तनहुँकाे आयाेजनामा फुलबारी पार्कमा वृक्षारोपण गरिएको हाे । ६० वटा आँप र लिची लगायतका बिरूवाहरू राेपिएकाे लक्ष्मी सनराइज बैंक तनहुँले जनाएको छ ।

जिल्लाका दमाैली , डुम्रे र थर्पू शाखाका २३ जना कर्मचारीकाे उक्त अवसरमा सक्रिय सहभागीता रहेको थियो । बैंकले सामाजिक उत्तरदायित्वकाे भावना अनुसार हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएकाे सन्दर्भमा आज वृक्षारोपण गरेको हाे ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page