आँबुखैरेनीबाट लागु औषध सहित २ युवा पक्राउ
तनहुँकाे आँबुखैरेनी बाट लागु औषध सहित २ युवा पक्राउ परेका छन् । आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित पृथ्वी राजमार्ग सडक-खण्डमा प्रहरी टोलीले सवारी साधनहरु चेकजाच गर्ने क्रममा उनिहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारतकाे महाराजगंज थाना नौतुना ग्राम सुनौली बस्ने वर्ष २० को दिपक कुमार र ऐ.ऐ. बस्ने वर्ष १८ को हरिस चन्द कुमार रहेका छन् ।

उनिहरूले साथमा लुकाई छिपाई ल्याएको अबस्थामा Diazepam-२०० एम्पुल, Phenergan-२०० एम्पुल र Buprenorphine-२०० एम्पुल गरि जम्मा ६०० एम्पुल र Nitravet-10 -९० ट्याब्लेट नियन्त्रित लागु औषध फेला परेको थियो । ती युवाहरुलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

























