महिला उद्यमीले मनाए समताका बालबालिकालाई खाना खुवाएर स्थापना दिवस
महिला उद्यमी समिति तनहुँको आयोजनामा नेपाल घरेलु तथा साना उद्योगको ३६औं स्थापना दिवस मनाइएको छ । उद्यमी समितिले व्यास नगरपालिका–७ स्थित व्यास नगर समता विद्यालयका बालबालिकालाई खाना खुवाएर दिवस मनाएको हो ।महिला उद्यमी समितिका सदस्यहरूले स्वस्फूर्त रूपमा रकम संकलन गरि त्यहाँ रहेका बालबालिकालाई खाना खुवाएर , सँगै बसेर उनिहरूले दिवस मनाएका हुन् ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख इन्दिरा दरैले नगरपालिकाले अब्बल र दीर्घकालीन योजनाका रुपमा गरेको कार्यमध्ये अभिभावक विहीन बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउने उद्देश्यले सञ्चालित विद्यालय भएको बताइन् । उनले सडक बालबालिकारहित बनाउन विद्यालयको माध्यम महत्वपूर्ण भएको बताइन । व्यास नगरपालिका कार्यपालिका सदस्य चन्द्रमाया परियारले सहयोगको भावनाले अभिभावक विहीन बालबालिकालाई मद्दत पुगेको बताइन । उनले सीप सिकाउने गरि शिक्षा दिनुपर्ने आवश्यकता औल्याइन । व्यास नगर समता विद्यालयका प्रधानाध्यापक अर्जुन सुनारले अभिभावक विहीन बालबालिका मात्रै नभएर अति विपन्न, एकल परिवारका बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउन नगरपालिकाको योगदान ठूलो रहेको बताए । नगरपालिकाकै आन्तरिक आयबाट यस्ता बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउने कार्य सहानीय भएको उनको भनाइ थियो ।

महिला उद्यमी समिति तनहुँका अध्यक्ष कल्पना गौलीले व्यास नगरपालिकाको असल र अब्बल कार्य अभिभावक विहीन बालबालिकाको संरक्षण, शिक्षा, आवासको प्रबन्ध गर्नु उत्कृष्ट कार्य भएको बताइन । विद्यालयमा ६५ विद्यार्थी अध्ययनरत छन ।
























