सुप्रिम सहकारी थर्पुले स्थापना दिवसमा असार ७ गते रक्तदान कार्यक्रम गर्ने

सुप्रिम सहकारी थर्पुले स्थापना दिवसमा असार ७ गते रक्तदान कार्यक्रम गर्ने


सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि. म्याग्दे ४ थर्पुले रक्तदान कार्यक्रम गर्ने भएको छ । २०६५ सालमा स्थापना भएको सहकारीले स्थापना दिवसको अवसरमा यही असार ७ गते सनिवार बिहान ७ बजे कार्यालय परिसरमा रक्तदान कार्यक्रम गर्न लागेको हाे । हरेक वर्ष विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएकाे सहकारीले यस पटक रक्तदान गर्न लागेको सहकारीका अध्यक्ष मनाेज अधिकारीले बताए । सुक्रवार कार्यालयमा बसेकाे सञ्चालक समितिकाे बैठकले रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको हाे ।

उक्त कार्यक्रमकाे लागि सहकारी शिक्षा उपसमितिका संयाेजक केशवराज घिमिरे तथा कार्यसमिति सदस्य बिकास खनाल र सीता घिमिरे सदस्य रहने गरि उपसमिति गठन गरिएको छ । सहकारीको रक्तदान कार्यक्रममा उपस्थित हुन सहकारीका सम्पुर्ण कार्यसमितिका पदाधिकारी , सञ्चालक समिति तथा सेयरसदस्य एवम् सर्वसाधारणलाइ उपाध्यक्ष भिमलाल श्रेष्ठले आव्ह्वान गरेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page