भानुका २० जना कृषकलाई नगरपालिकाले गर्याे सम्मान
तनहुँकाे भानु नगरपालिकाले २० जना कृषकलाई सम्मान गरेको छ । भानु नगरपालिका नगर कार्यपालिकाको कार्यालयको आ.व. २०८१/०८२ को बार्षिक स्वीकृत नगर प्रमुख उत्कृष्ट कृषक सम्मान कार्यक्रम अन्तर्गत उनिहरूलाइ सम्मान गरिएको हाे ।भानु नगरपालिका भित्र रहेका ब्यबसायीक रूपमा खेती तथा पशुपालक गरिरहेका कृषकहरुलाई हौसला प्रदान गरी पशुपालन तथा पशु उत्पादन र उत्पादकत्वमा बुद्धि गर्ने उदेश्य सहित भानु नगरपालिका भित्र रहेका कृषकहरुलाई पशुपालन तर्फ गाईभैसी पालन,बाख्रापालन,माछा पालन,बंगुर पालन र कुखुरापालन मा गरी ५ वटा बिधामा सर्वोत्कृष्ट र उत्कृष्ट गरी १० जना र कृषि तर्फ खाद्यान्न, फलफुल, तरकारी, मौरीपालन र मसला बाली गरी ५ वटा बिधामा सर्वोत्कृष्ट र उत्कृष्ट गरी १० जना गरि जम्मा २० कृषकलाई सम्मानित गरेको हाे ।
उत्कृष्ट १० जना कृषकलाई जनही पाच हजार रुपैयाँ र सर्वोत्कृष्ट १० जना कृषकलाई जनही दश हजार रूपैयाँ सहित सम्मान पत्र प्रदान गरिएको हाे ।

किसानलाई हौसला दिन तथा व्यवसायिक रुपमा पशुपालन गरिरहेका ती किसानबाट अरुले पनि सिकुन भनेर सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए ।
प्रमुख प्रशासकिय अधिकृत भण्डारीका अनुसार कार्यालयबाट अनुदान तथा प्राविधिक सहयोग गरिएका किसान मध्येबाट फिल्डमा पटक पटक गएर गरिएको अनुगमनका आधारमा निबेदन परेको कृषक मघ्य बाट सर्वोत्कृष्ट र उत्कृष्ट किसानहरुलाई सम्मान गरिएको हो ।
यो कार्यक्रमले युवाहरू लाई पशुपालन क्षेत्रमा हौसला प्रदान गरी आगामी दिनमा पनी निरन्तर सहयोग गर्दै कृषकलाई हातेमालो गर्दै अधि बढ्दै जाने र आगामी बजेट निर्माणमा समेत सहयोग हुने आर्थिक विकास समिती संयोजक अर्जुन बहादुर बोहोराले बताए ।

साथै कृषकहरुलाई कृषि तथा पशुपालन क्षेत्रमा ब्यबसायीकरण गर्दै पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाउन भानु नगर तत्पर रहेको बताउदै आगामी दिनमा कृषिमा युबा लक्षित कार्यक्रम निमार्ण गर्ने र यो सम्मान कार्यक्रमले कृषकहरुलाई मनोबल बढाउने हुँदा यस कार्यक्रम लाई निरन्तरता प्रदान गर्नुपर्ने नगर प्रमुख आनन्दराज त्रिपाठीले बताए ।
सम्मानित हुनेमा बंगुर पालन तर्फ
सर्वोत्कृष्ट- शारदा शाहि शारदा कृषि तथा पशु फर्म भानु ०६
उत्कृष्ट- लोक ब.वसेल वसेल वंगुरपालन प्रगतिशिल बंगुर फर्म
भानु-०२
माछापालन तर्फ
सर्वोत्कृष्ट- श्याम कुमार श्रेष्ठ कल्लेरी कृषि तथा पशु फर्म भानु-३
उत्कृष्ट- पुस्प राज भट्टराई मेरमिरे कृषि फर्म भानु -११
कुखुरापालन तर्फ
सर्वोत्कृष्ट- चिजा गुरुङ सुप्रिना कृषि तथा पशु फर्म भानु-०३
उत्कृष्ट- प्रमिला थापा थापा कृषि तथा पशुपन्छि फर्म
भानु-१
मसलावाली तर्फ
सर्वोत्कृष्ट- कमला पाण्ड
उत्कृष्ट- कमला एकिकृत कृषि तथा पशु फर्म भानु -०९
खाद्यान्न तर्फ
सर्वोत्कृष्ट- रमा ओझा घिमिर बनिबगर कृषक समुह भानु-०८
उत्कृष्ट- विष्णु ब. थापा देउरालि कृषक समूह भानु-११
तरकारी तर्फ
सर्वोत्कृष्ट- छेनुर्पु तामाङ अनुग्रह कृषि तथा पशु फर्म भानु-२
उत्कृष्ट- शारदा श्रेष्ठ श्रेष्ठ एग्रिकल्चर फर्म भानु-५
बाख्रापालन तर्फ
सर्वोत्कृष्ट- चिरन्जिव लौडारी निर्जला वाख्रा फर्म भानु-१०
उत्कृष्ट- राम शरण गुरुङ पुनम पशु फर्म भानु-०८
मौरी पालन तर्फ
सर्वोत्कृष्ट- प्रेम बहादुर अधिकारी लालिग्रास मौरी फर्म भानु-१२
उत्कृष्ट- भिमशेन अधिकारी थानिमाई मौरी पालन भानु-१३
फलफुल तर्फ
सर्वोत्कृष्ट- पूर्ण वहादुर आले भानु कृषि फर्म भानु-०२
उत्कृष्ट- गोबिन्द घर्ति बहादुर जि. सी .समुन्नत कृषि तथा पशु फर्म
भानु-१०
गाईभैँसी तर्फ
सर्वोत्कृष्ट- महादेव अधिकारी कालिका इन्टिगट कृषि तथा पशु फर्म भानु-२
उत्कृष्ट- दिपक बजगाई दिवश दिबशा कृषि तथा पशु फर्म भानु-०८ रहेका छन ।
कार्यक्रममा भानु नगरपालिकाका नगर प्रमुख,नगर उपप्रमुख,प्रमुख प्रशासकीय अधिकृत,आर्थिक विकास समितीका सभापती, वडा अध्यक्ष ज्युहरू, कार्यपालिका सदस्य ज्युहरू, बिभिन्न शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
























