कमलबारीमा भएको स्कुटर दुर्घटनामा चालक छाेरा नरालकाे मृत्यु , बुवा घाइते

कमलबारीमा भएको स्कुटर दुर्घटनामा चालक छाेरा नरालकाे मृत्यु , बुवा घाइते


तनहुँकाे व्यास न. पा. वडा नं. १२ कमलबारी स्थित पृथ्वी राजमार्गमा स्कुटर दुर्घटना हुँदा एकजनाकाे मृत्युु भएको छ । दमौलिबाट डुम्रे तर्फ जादै गरेको ग २५ प ४१३ नं. को स्कुटर चालकले नियन्त्रण गुमाई सडकमा पल्टन जादाँ स्कुटर चालक आसिक बाबू नरालकाे मृत्युु भएको हाे ।

चालक गोरखा न. पा. १३ अगुवा देउराली बस्ने बर्ष २२ का नरालकाे निधारमा काटेको, पेटमा दधारेको, बायाँ घुडामा काटेको अवस्थामा प्रदेश अस्पताल पुर्याइएकाेमा डाक्टरले मृत घाेषणा गरेका थिए । मृत नरालकाे शव अहिले दमाैली अस्पतालमा रहेको छ । यस्तै दुर्घटनामा स्कुटर पछाडी सवार ऐ, बस्ने निजको बुबा बर्ष ४७ को कृष्ण प्र. नराल सामान्य घाइते रहेको बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page