व्यासका जनप्रतिनिधिलाई दाेहाेराे सुविधा

व्यासका जनप्रतिनिधिलाई दाेहाेराे सुविधा

व्यास नगरपालिकाका जनप्रतिनिधिले नियम बिपरित दाेहाेराे सुविधा लिएकाे पाइएको छ । गण्डकी प्रदेशको स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन अनुसार पदाधिकारी तथा सदस्यले अनुसूची बमोजिमको रकम नबढ्‌ने र दोहोरो नपर्ने गरि सुविधा पाउने व्यवस्था गरेको भए पनि त्यस विपरीत नगरपालिकाका जनप्रतिनिधिले दाेहाेराे सुविधा लिएका हुन् ।

नगरपालिकाले आर्थिक वर्ष २०८०। ८१ मा जम्मा रु.एक करोड ५५ लाख ८४ हजार ५ सय रूपया- पदाधिकारी सुविधामा भुक्तानी गरेको महालेखाकाे प्रतिवेदनमा उल्लेख छ । महालेखाले कानुन बमोजिमको रकम दोहोरो नपर्ने गरि भुक्तानी हुने व्यवस्था मिलाउन समेत भनेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page