महिलालाई अधिकार दिने पार्टी काँग्रेस हो– केन्द्रीय सदस्य भट्टराई

महिलालाई अधिकार दिने पार्टी काँग्रेस हो– केन्द्रीय सदस्य भट्टराई


तनहुँ, असार ७ गते
नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले महिलालाई सबै प्रकारको अधिकार दिने पार्टी नेपाली काँग्रेस भएको बताउनु भएको छ । नेपाल महिला सङ्घ व्यास नगर समितिको चौथों अधिवेशनको शनिबार उद्घाटन गर्दै भट्टराईले सो कुरा बताउनु भएको हो ।
बर्तमान संविधानको बिरोध गर्नेलाई खबरदारी गर्नुपर्ने बताउनु भएको छ । हालको संविधान विश्वकै उत्कृष्ट भएको भट्टराईको भनाई थियो । बर्तमान संविधानले महिलालाई अधिकार दिएको उल्लेख गर्दै केन्द्रीय सदस्य भट्टराईले महिलालाई गाउँको वडाको सभापति मात्रै हैन देशको राष्ट्रपति र प्रधानमन्त्री बनाउने बाटो बनाउने संविधानले दिएको बताउनुभयो । महिलाको अधिकार स्थापित गर्न नेपाली काँग्रेसले नेतृत्वदायी भूमिका खेलेको भट्टराईको भनाई थियो । नेपाली काँग्रेसको सबैभन्दा पुरानो भातृसङ्गठन नेपाल महिला सङ्घ भएको स्मरण गर्दै उहाँले महिलालाई संविधानमा लेखेर अधिकार दिने पार्टी काँग्रेस भएको दाबी गर्नुभयो । सबैभन्दा पहिला द्धारिका देवी ठकुरानीलाई मन्त्री बनाएर नेपाली काँग्रेसले महिललाई सम्मान र अधिकार दिएको स्मरण भट्टराईले गर्नुभयो । काँग्रेसको २००७ मा हतियारको व्यवस्थापन गर्ने देखि घाइतेको उपचार गर्ने ठाउँ सम्म महिलाबाट भएको स्मरण गर्दै नेपालको राजनीतिक परिवर्तनमा महिलाको ठुलो योगदान रहेको बताउनुभयो ।


२००७, २०४६ र २०६२÷०६३ को क्रान्तिले महिलालाई अधिकारलाई बढाउँदै स्थापित गर्दै गएको भट्टराईको भनाई थियो । यो संविधानलाई शंसोधन गर्न सकिने प्रावधान राखिएको र सडकमा बसेर च्यात्नुपर्छ भन्ने कुरा महिला अधिकारको बिरोधी भएको भट्टराईको भनाई थियो । यस संविधानले गर्दा दलित महिलाले तलदेखि अवसर पाएको, जनजाति, पिडडिएको महिला, मुस्लिम महिलाले अवसर पाएको भट्टराईको भनाई थियो । भट्टराईले भन्नुभयो, ‘हालको राष्ट्रपति प्रणालीले महिलाको अधिकार सूनिश्चित गरेको छ, महिला मैत्री संविधान संसारमा बिरलै छन् ।’ कार्यक्रममा नेपाली नेपाली काँग्रेसका निर्वतमान सभापति वैकुण्ठ न्यौपाने, उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठ, गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, नेपाल महिला सङघ तनहुँकी सभापति पवित्रा पौडेल, व्यास नगर सभापति इन्दिरा दरै लगायतले महिलाको अधिकार थप हुँदै गएको र महिलाको जनसङ्ख्याको आधारमा सोही अनुसारको पद र जिम्मेवारी बाँडफाँड गर्नुपर्नेमा जोड दिनु भएको थियो । कार्यक्रममा व्यास नगरपालिकाको वडा अधिवेशनबाट निर्वाचित भएका महिला सङ्घलाई केन्द्रीय सदस्य भट्टराई, खादा र टिका लगायर बधाई दिनु भएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page