दमाैलीका महेन्द्र गम्भीर बिरामी ,उपचारको लागि सहयोग रकम जुट्दै
तनहुँ दमौलीका महेन्द्र रिजालको जिवन रक्षाको लागि लायन्स क्लब अफ् तनहुँ दमौलीले १ लाख ५५ हजार ५ सय ५५ रुपैया सहयोग गरेको छ । कलेजो ड्यामेज तथा आन्द्रामा प्वाल परि लगातार रगत बान्ता गरेपश्चात आकस्मिक रुपमा पोखरा लगि आईसियुमा उपचाररत रिजालको उपचारको लागि लायन्स क्लब अफ् तनहुँ दमौलीले आर्थिक सहयोग गरेको हो । उक्त रकम लायन्स क्लब अफ् तनहुँ दमौलीका संस्थापक अध्यक्ष राजकुमार श्रेष्ठ राकु र क्लबका वर्तमान अध्यक्ष रनिल रोकाले रिजाललाई पोखराको चरक अस्पताल पुगेर हस्तान्तरण गरेका हुन् ।

देश बिदेशबाट महेन्द्रलाई आर्थिक सहयोग आएको महेन्द्र रिजाल बचाउ अभियान संचालन गरेका राजकुमार श्रेष्ठ राकुले बताए । रकम अभावमा थप उपचार गर्न नसकेका महेन्द्रको आज अपरेशन हुने राकुले जानकारी दिए । अपरेसन पश्चात् ठिक हुन्छ उनलेे भने । अस्पतालमा पैसा सहयोग लिएर जाँदा मलाई जसरी पनि बचाइदिनुस भनेर महेन्द्रले भनेको उनलेे सुनाए । अपरेसनकाे लागि करिब ३ लाख लाग्ने अस्पतालले बताएको र त्यो रकम जुटाउने अभियानमा रहेको भन्दै राकुले मानवीय संवेदनशीलता र जिवनरक्षाकाे लागि यस अभियान चलाएको बताए ।

























