तनहुँका एसपी शाहीको सक्रियता : उल्लेखनीय परिवर्तन, जिल्लामा नयाँ ऊर्जा र विश्वास

तनहुँका एसपी शाहीको सक्रियता : उल्लेखनीय परिवर्तन, जिल्लामा नयाँ ऊर्जा र विश्वास

गण्डकी प्रदेशकै ऐतिहासिक र महत्त्वपूर्ण जिल्लाका रूपमा चिनिने तनहुँकाे प्रहरी अहिले सकारात्मक परिवर्तनको गतिशील चरणमा छ । प्रहरीका काबिल अधिकृत एसपी बिरेन्द्र शाहीले अहिले कार्यालय प्रमुखका रूपमा कार्यभार सम्हालेको करिब १० महिनाको अवधिमा प्रहरीको पुरानो छवि तोड्दै नयाँ विश्वास निर्माण गर्न सफल भएका छन् ।

एसपी शाहीले “सत्य, सेवा र सुरक्षणम्” भन्ने नारालाई व्यवहारमा उतार्दै प्रहरीलाई जनमैत्री, उत्तरदायी र पेशागत ढंगले प्रस्तुत गरेका छन्।उनी तनहुँमा आएपछी आन्तरिक तथा वाह्य क्षेत्रमा उल्लेखनीय परिवर्तन गरेकाे पाइन्छ । आन्तरिक तर्फ कार्यालय अहिले सफासुग्घर, व्यवस्थित र सहज देखिन्छ। हेल्प डेस्क, प्रतीक्षालय, र उजुरी दर्ता प्रणालीलाई नविन ढंगले पुनःसंरचना गरिएको छ। यसले सेवाग्राहीको पहुँच सजिलो बनाएको छ। यस्तै सानो दर्जा सम्मका प्रहरी कर्मचारीलाई उनलेे उनिहरूकाे आवस्यकता र परिस्थिति अनुसार अनुकूल बनाइदिएका छन् । त्यतिमात्रै हाेइन प्रहरी जवानका व्यारेकमा एसी जडान देखि चरेसकाे थालमा भात खुवाउने उनलेे व्यवस्था मिलाएका छन् ।

एसपी शाहीकाे नेतृत्वमा स्थानिय बासिन्दा, संघ-संस्था, विद्यालय तथा धार्मिक प्रतिष्ठानहरूसँग नियमित समन्वय भइरहेका छन्। सामुदायिक प्रहरी कार्यक्रम प्रभावकारी बनाउँदै “प्रहरी मेरो साथी” भन्ने नारालाई व्यवहारमा देखाइएको छ।

यस अगाडि विभिन्न जिल्लामा सेवा दिँदै गर्दा एसपी शाही अनुशासन र निष्ठाका पर्यायका रूपमा चिनिएका थिए। जनतासँग संवाद गर्न सक्ने नेतृत्व, सहकर्मीमाझ संयम र निर्णय क्षमताका कारण उनी जहाँ गए पनि परिवर्तनको पर्याय बनेका छन्। उनको वर्तमान सेवा कार्यशैलीले गण्डकी प्रदेशकै अनुकरणीय प्रहरी सेवा मोडलको सम्भावना देखाएको छ।

नेतृत्वमा इच्छाशक्ति, कार्यमा पारदर्शिता र व्यवहारमा इमानदारी हुँदा सार्वजनिक सेवा संस्थाहरू कस्तो रूपान्तरण गर्न सक्छन् भन्ने उत्कृष्ट उदाहरण समेत बनेका छन् एसपी शाही । ऊर्जा र लगनशीलताका खानी शाहीले गत श्रावण देखि जेठ मसान्तसम्म ४ सय ९२ वटा मुद्दा दर्ता गर्न सफल भएका छन् । जसअनुसार कर्तब्यज्यान ९ , बैकिङकसुर ७५ , लागुऔषध ६१ , अभद्र व्यवहार ५९ , सवारी ज्यान २१ , ज ज क १६ र जुवा १३ लगायत रहेका छन् । यस्तै शाही नेतृत्वले १ सय ३६ जना फरार अभियुक्त पक्राउ गर्न सफल भएको छ । जसमा साँढे ३४ लाख जरिवाना समेत संकलन भएको छ । यस्तै ८४ वटा अवैध नदिजन्य उत्खनन बाट ११ लाख ७४ हजार राजश्व समेत संकलन गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयकाे तथ्यांकमा उल्लेख गरिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page