म्याग्देका बिद्यालय मध्ये एसईईमा महेन्द्र मावि उत्कृष्ट
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा तनहुँ जिल्लाकाे म्याग्दे गाउँपालिका अन्तर्गतका बिद्यालयहरू मध्ये महेन्द्र मावि गुणादी उत्कृष्ट देखिएको छ । महेन्द्र माविका २४ जना बिद्यार्थीले एसईई दिएकोमा २० जना उत्तीर्ण भएका बिद्यालयका प्रअ साेमबहादुर थापाले बताए । यस्तै पालिका भित्र धेरै GPA ल्याउने बिद्यार्थी भने राधा माविका प्रवेश पण्डित रहेका छन् । उनलेे ३.९६ GPA ल्याएका छन् ।

म्याग्दे गाउँपालिका शिक्षा शाखा प्रमुख विष्णु केसीका अनुसार मीन माविका कुल विद्यार्थी – ९३ मध्ये ३९ जनाले एसईई उत्तीर्ण गरेका छन् । यस्तै राधा माविका कुल विद्यार्थी – ९३ मध्ये ४५ जना ,जनगणपतिका कुल विद्यार्थी – १८ जना मध्ये ८ जना , रत्नका कुल विद्यार्थी १० जना मध्ये ७ जना ,गणेशका कुल विद्यार्थी २ जना मध्ये १ जना र मेघदहका १२ जनामध्ये १० र आदर्शका २३ जनामा १७ जना उत्तीर्ण भएका छन् ।

























