तरूण दलकाे चुनाव नजिकिएसँगै नयाँ नेतृत्वका लागि ८ जनाको चर्चा
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलको महाधिवेशन नजिकिए सँगै जिल्लामा यसको सरगर्मी बढेको छ । नयाँ नेतृत्वका लागि हालका अध्यक्ष हिरा थापा देखि उपाध्यक्ष कुमार गुरूङ , सचिव सुवाेध वाग्ले , काेशाध्यक्ष बलबहादुर शाही तथा बन्दिपुरका मंगल गुरूङ , म्याग्देका गाैरब राज राना , शुक्लाका कृष्ण रेग्मी र सहसचिव साेम तामाङकाे नाम चर्चामा आएकाे छ । यद्यपि अन्तिममा हालका उपाध्यक्ष कुमार गुरूङ र बलबहादुर शाही बिच प्रतिस्पर्धा हुनसक्ने अनुमान तरूणहरू भित्र रहेको छ । हालका अध्यक्ष हिरा थापाले ठाउँ खाली गरेको अवस्थामा दुईजनाको पर्न सक्छ एक तरूण दलका सदस्यले भने , यसमा अध्यक्ष हिरा थापाले पुन अध्यक्ष हुने नहुने बारे मुख खाेलिसकेका छैनन् , ती सदस्यले भने ।

सहमति जुटेन र निर्वाचनमा जानुपर्ने अवस्था रह्यो भने कुन टिमबाट काे उठ्छ , जिल्लामा केन्द्र देखिकाे प्रभाव कस्तो पर्दछ त्यसले पनि अर्थ राख्ने बताइएको छ । केन्द्रमा शेखर र गगन बिचकाे लाइन छुट्टिएर जिल्लाका नेताहरूमा त्यसको प्रभाव परेमा त्यही दुई टिमबाट तरूण दलमा पनि उम्मेदवारी पर्न सक्ने अनुमान धेरैको छ । यद्यपि मुग्लिन उता एउटै नेता तर यता जिल्लामा व्यक्ति शक्ति संघर्षको अवस्था पनि आउन सक्दछ । त्यसको उदाहरणका रूपमा शेखर सँग हालका केन्द्रीय सदस्य शंकर भण्डारी र मैले त तपाईंलाई भाेट हालेको हाे दाइ भनेर हाकाहाकी भन्ने पुर्व सभापति बैकुण्ठ न्याैपानेलाइ लिन सकिन्छ । भण्डारी र न्याैपाने बिच केन्द्रमा शेखरमा ट्राेन मिलेपनी जिल्लामा आन्तरिक शक्तिसंघर्ष गहिरो छ ।
हाल सबै पालिकामा पुर्णकालिन सदस्यता वितरण तथा वडा अधिवेशनहरू भइरहेको तरूण दल तनहुँका सचिव सुवाेध वाग्लेले बताए ।

तरूण दलको केन्द्रीय महाधिवेशन आगामी मंसिर २६–२८ गते हुने भएको छ । निर्देशन समितिको प्रस्तावअनुरूप उक्त मितिमा अनिवार्य सम्पन्न गर्नेगरी त्यही मितिसम्मका लागि तरुण दलको केन्द्रीय समितिको पदावधि थप गर्ने काङ्ग्रेसले निर्णय गरिसकेको छ । यस अघि तोकिएको समयमै महाधिवेशन गर्नुपर्ने माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरू गरिएको ८० घण्टे आमरण अनशन केही दिन अगाडि मात्रै नयाँ मिति ताेकिएसँगै ताेडिएकाे थियो । केन्द्रकाे मिति ताेकिएसँगै जिल्लामा पनि आगामी नेतृत्वका लागि नयाँ सरगर्मी बढेको हाे ।
























