तनहुँ कालिका शहीद शान्ति पार्क क्षेत्रमा म्याग्दे दमाैली समाजको वृक्षारोपण

तनहुँ कालिका शहीद शान्ति पार्क क्षेत्रमा म्याग्दे दमाैली समाजको वृक्षारोपण

म्याग्दे दमौली समाजकाे आयाेजना तथा तनहुँ कालिका शहीद शान्ति पार्क संरक्षण समिति र वागभञ्याङ सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा तनहुँ कालिका शहीद शान्ति पार्क क्षेत्रमा वृक्षारोपण गरिएको छ।
धार्मिक, पर्यटकीय र वातावरणीय सौन्दर्यलाई समेट्ने उद्देश्य सहित तनहुँ कालिका शहीद शान्ति पार्क क्षेत्रमा वृक्षारोपण गरिएको हाे । व्यास नगरपालिका–४ स्थित कालिका मन्दिर जाने सिँढीमार्गको दायाँबायाँ भागमा विभिन्न जातका विरुवा रोपिँदा त्यस क्षेत्रको हरियालीपनसँगै पर्यटकीय आकर्षण थपिने विश्वासका साथ वृक्षारोपण गरिएको हाे ।

 वृक्षारोपण कार्यक्रममा निम, तेजपत्ता, अमला, धुपी, चिउरी, वेल, कपुर र कल्की फूलसहितका ७२ वटा बिरुवा रोपिएको म्याग्दे दमौली समाज तनहुँका अध्यक्ष भाग्यशाली ढुँगानाले जानकारी दिए।

कार्यक्रममा वडाध्यक्ष मनबहादुर गुरुङ, दमाैली खानेपानीका अध्यक्ष बुद्धिमान श्रेष्ठ , सामुदायिक बनका उपाध्यक्ष विश्व सुवेदी , सचिव चिज गुरूङ लगायत स्थानीय टोलबासी, महिला समूह र युवाहरूको सक्रिय सहभागिता रहेको थियो।
वातावरण संरक्षण, जैविक विविधता प्रवर्द्धन तथा धार्मिक पर्यटनको सम्भावनालाई मजबुत बनाउने उद्देश्यले सञ्चालन गरिएको अभियानबाट कालिका जाने मार्ग थप आकर्षक र व्यवस्थित बन्ने अपेक्षा गरिएको छ । म्याग्दे बाट दमाैली आइ विभिन्न पेसा व्यवसायमा संलग्न रहेका व्यक्तिहरूलाइ समेटेर यसको स्थापना भएको हाे । स्थापना सँगै समाजले विभिन्न सामाजिक कार्यहरू गर्दै आएकाे छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page