जिल्लाकै कान्छा उपसचिव अधिकारी

जिल्लाकै कान्छा उपसचिव अधिकारी


तनहुँ जिल्लाकै सबैभन्दा कान्छा उपसचिवमा रविन्सन अधिकारी रहेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँ प्रमुखकाे जिम्मेवारीमा रहेका अधिकारी अहिले जिल्लामै कान्छो उपसचिवकाे कुशल प्रशासककाे भुमिकामा छन् ।

०७५ साल कात्तिकमा अधिकृतमा सेवा प्रवेश गरेका अधिकारी कृषि तथा पशुपंक्षी मन्त्रालय , पशु सेवा विभाग हुँदै मत्स्य विकास सेवा केन्द्र स्याङ्जामा कार्यरत रहेका थिए । मत्स्यबिकास केन्द्र स्याङ्जामा कार्यरत रहँदा अधिकारीकाे ०८१ माघमा उपसचिवमा नाम निस्केकाे थियो । उपसचिव भएपछि उनलेे भेटेरिनरी अस्पतालमा ०८१ फागुन ५ गतेदेखि जिम्मेवारी पाएका हुन् । २०४८ सालमा जन्मेका अधिकारीकाे घर समेत यसै व्यासनगर पालिका स्थित रानीगाउँमा पर्दछ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page