वैदिक पुरोहित समाज तनहुँको अध्यक्षमा पुनः तुलसीराम

वैदिक पुरोहित समाज तनहुँको अध्यक्षमा पुनः तुलसीराम

वैदिक पुरोहित समाज तनहुँको सातौँ साधारणसभा तथा पाँचौँ अधिवेशन व्यास गुफा परिसर, दमौलीमा सम्पन्न भएको छ। अधिवेशनले अध्यक्षमा पुनः पं तुलसीराम उपाध्यायलाई सर्वसम्मत चयन गरेको छ।नवगठित कार्यसमितिकाे उपाध्यक्षहरूमा पं चन्द्रप्रकाश पौड्याल र पं तुलसी प्रसाद ढुङ्गाना चयन भएका छन् भने सचिवमा पं श्रीभद्र न्यौपाने, सहसचिवमा पं पुरुषोत्तम सोती, र कोषाध्यक्षमा पं देवराज भट्टराई शर्मा निर्वाचित भएका छन्।

त्यस्तै सदस्यहरूमा पं श्रीप्रसाद भट्टराई, पं सुवर्णभद्र आचार्य, पं रामचन्द्र गौतम, पं दिपेन्द्र अधिकारी र पं मोहनराज अधिकारी चयन भएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page