म्याग्देमा जलवायु परिवर्तन र स्थानिय तहको भुमिका सम्बन्धि तालिम सम्पन्न

तनहुँकाे म्याग्दे गाँउपालिकाका जनप्रतिनिधि , कार्यपालिका सदस्य तथा कर्मचारीहरुलाइ जलवायु परिवर्तन र स्थानिय तहको भुमिका सम्बन्धि एक दिवसिय तालिम प्रदान गरिएको छ ।
चिल्डे्न नेपाल र म्याग्दे गाँउपालिकाको संयुक्त आयोजनामा संचालित उक्त तालिम गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजना भएको थियो । चिल्ड्रेन नेपालका बरिष्ठ कार्यक्रम अधिकृत शिब शर्मा चापागाँई, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका वरिष्ठ वन अधिकृत पुणेश्वर सुबेदी,र म्याग्दे गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले तालिमको सहजिकरण गर्नु भएको थियो । चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्माले संस्थाको तर्फबाट तालिमका सहभागीहरुलाई स्वागत गर्दै तालिमको उद्धेश्य माथी प्रकास पार्नु भएको थियो ।


उक्त अवसरमा म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले म्याग्दे गाँउपालिका जलवायु संकटबाट गुर्जदै आएको र यस तालिमले जलवायु परिवर्तन न्युनिकरण र अनुकुलनका लागी महत्वपुर्ण योगदान गर्ने अपेक्षा व्यक्त गर्नुभयो । अध्यक्ष श्रेष्ठले चिल्ड्रेन नेपालको प्रयासको प्रशंसा गर्दै गाँउपालिका यस अभियानमा सहकार्य गर्दै अगाडी वढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।
म्यादे गाँउपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले तालिमले म्याग्दे गाँउपालिकावासीलाई उत्थानशिल जीविका प्रवद्र्धन गर्न योगदान गर्नुका साथै जलवायु चुनौती सामना गर्दै अगाडी बढ्ने क्रममा महत्वपुर्ण योगदान गर्ने अपेक्षा गर्दै चिल्ड्रेन नेपालको कामको प्रशंसा गर्नु भयो ।

कार्यक्रममा गाँउपालिकाका पदाधिकारी, कार्यपालिका सदस्य तथा कर्मचारीहरु गरी कुल ४४ जनाको सहभागीता रहेको थियो । यस तालिमको अवसरमा जलवायु परिवर्तनका कारण, अवसर न्युनीकरण र अनुकुलन रणनिति, नेपाल सरकारले तयार गरी लागु गरेका जलवायु निति तथा कार्यक्रम राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिवद्धता, दिगो विकास लक्ष्य र स्थानीय तहको भुमिकाको बारेमा प्रशिक्षण प्रदान गरीएको थियो ।

























