भानु जयन्तीमा प्रदीप रोदनको गजल वाचन हुने

देशविदेशका विभिन्न कार्यक्रम र सामाजिक सञ्जालमा आफ्ना गजल प्रस्तुत गरेर धेरैको मन जित्नु भएका गजलकार प्रदीप रोदनको दमौलीमा प्रस्तुति हुने भएको छ ।
गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको आयोजनामा २१२ औं भानुजयन्तीको अवसरमा शनिबार दमौलीमा रोदनले गजल वाचन गर्नु हुने भएको हो । समाजका पीरव्यथा गजलमा चोटिलो तरिकाले प्रहार गर्ने भएकोले धेरैको मन जितेकाले रोदनलाई आफ्नो गजल वाचनको लागि आमन्त्रण गरिएको प्रतिष्ठानको अध्यक्ष गौकुमारी न्यौपानेले जानकारी दिनुभयो ।

युवापुस्तामाझ निकै लोकप्रिय गजलकार प्रदीप रोदन सामाजिक, राजनीतिक विकृतिदेखि प्रेम–विछोडका विषयलाई गजल मार्फत प्रस्तुत गर्नुहुन्छ । सबैले रोदनको गजलबाट ज्ञान प्राप्त गरुन् भनेर निशुल्क प्रवेशको व्यवस्था मिलाईएको प्रतिष्ठानको उपाध्यक्ष अन्जु दाहालले जानकारी दिनुभयो ।


























